News Category 2076/09/10

सप्तरीको कुन स्थलको भ्रमण गर्ने बारे सबै मौन

दैनिक समाचारदाता

    अंग्रेजी वर्ष २०२० मा सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउन गइरहेको छ । यसको मुख्य उद्देश्य पर्यटकहरुलाई नेपालमा रहेको विभिन्न सौन्दर्य स्थलहरुको भ्रमण गराउनु हो । यता प्रदेश २ को विभिन्न जिल्लामा रहेका विभिन्न धार्मिक तथा पर्यटीयक स्थलहरुलाई चिनारी गराउन कुनै ठोस कदम चालिएको देखिन्न् । प्रदेश २ को अस्थायीमुकाम जनकपुरमा रहको जानकी मन्दिर बाहेक अन्य स्थलहरुलाई हालसम्म प्रोत्साहनका लागि कुनै प्रकारको सरकारी तयारी देखिन्न् । 
    यस्तै सप्तरीका विभिन्न स्थानहरुमा रहेका ताल, धार्मिक स्थल तथा पर्यटकीय स्थलबारे हालसम्म औपचारिक रुपमा जानकारी दिइएको छैन् । सप्तरीमा प्रसिद्ध छिन्नमस्ता भगवति मन्दिर, कंकालिनी मन्दिर, लोहजारा दह, सुन्दरी जल लगायतका क्षेत्रहरुमा पनि पर्यटकहरु आउने निकै सम्भावना रहँदा रहँदै समेत यसलाई अहिलेसम्म उपेक्षित गरिदै आएको छ । संघीय सरकारले यस्ता स्थलहरुलाई उठान गर्न नसकेको अवस्थामा प्रदेश सरकारले समेत कुनै ठोस कदम चाल्न नसक्नु दुःखद कुरा हो । यती मात्र नभएर स्थानिय तहले समेत आफ्नो पर्यटकीय स्थलहरुको सूची तयार नगर्नु र माथिल्लो निकायसमक्ष प्रस्तुत गर्न नसक्नुले आफै झन झन उपेक्षित बन्दै गएका छन् । 
    हुनत भ्रमण वर्षको अहिले सुरुवात मात्र भइरहेको छ । तसर्थ ढिलो भएपनि अहिलेदेखी नै स्थानीयदेखी प्रदेश तहसम्म पर्यटकीय स्थलहरुको पहिचान गरि त्यसलाई प्रचार गरि पर्यटकलाई तान्न सक्ने क्षमता अभिबृद्धी गर्न लाग्नु पर्ने आवश्यकता रहेको छ ।    

प्रतिकृया दिनुहोस

ताजा अपडेट