News Category 2070/11/27

संघीयतालाई समाप्त पार्न यथास्थितिमा स्थानिय निकायको निर्वाचनको घोषणा गर्न लागेको छ ः अध्यक्ष यादव

दैनिक समाचारदाता



दैनिक संवाददाता
राजविराज, २६ फागुन । 
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयतालाई समाप्त गर्न यथास्थितिमै काँग्रेस र एमालेले स्थानिय निकायको निर्वाचनको घोषणा गर्न खोजिरहेको आरोप लगाउनुभएको छ । 
मधेशी जनअधिकार फोरम नेपाल सप्तरीद्वारा सोमवार राजविराजमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष यादवले स्थानिय निकायको पुरानो निर्वाचन संरचना, क्षेत्राधिकार र पुराना एने कानुनमा परिमार्जन गरेमात्र स्थानिय निकायको निर्वाचन गराउनुपर्ने बताउनुभयो । 
उहाँले स्थानिय निकायको संरचना, क्षेत्राधिकार र ऐन कानुनहरु पञ्चायतिशैलीकै रहेकाले त्यसमा व्यापक परिमार्जन गरेमात्र स्थानिय निकायको निर्वाचन गराईनुपर्ने बताउनुभयो ।
पुराना संरचना, क्षेत्राधिकार र ऐन कानुनलाई यथास्थितिमै राखेर स्थानिय निकायको निर्वाचन सम्भव नहुने बताउनुहुँदै अध्यक्ष यादवले स्थानिय निकायको निर्वाचनको बिपक्षमा आफुहरु नभएपनि निर्वाचनअघि मुलुक संघियतामा प्रबेश गरिसकेकाले सोही अनुसार निर्वाचन संरचना, क्षेत्राधिकार र एने कानुनमा परिमार्जन आवश्यक रहेको बताउनुभयो ।
फोरम नेपाल, तमलोपा र सद्भावना बीच  एकीकरणको लागि सकारात्मक रुपमा छलफल जारी रहेको बताउनुहुँदै अध्यक्ष यादवले मिडियामा आए जस्तो पार्टीको नाम, जिम्मेवारी लगायतका बिषयमा सहमति भईनसकेको बताउनुभयो ।
एकबर्षभित्र संबिधानसभाबाट सबै जातजाती, धर्म र समुदायको अधिकार सम्पन्न संबिधान जारी हुने सम्भावना कम हुँदै गएको बताउनुहुँदै अध्यक्ष यादवले संबिधानसभामा संघीयता बिरोधीहरुको करिब दुई तिहाई बहुमत रहेकाले संघीयता बिरोधी संबिधान जारी हुने खतरा बढेको बताउनुभयो ।
पत्रकार सम्मेलन फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट