News Category 2076/09/14

सप्तरीको उद्योग र औद्योगिक विकास 

दैनिक समाचारदाता

सप्तरीको उद्योग र औद्योगिक विकास 

अमरनाथ मण्डल
    सप्तरी जिल्ला बौद्धिक जिल्लाको रुपमा नेपाल अधिराज्यभरिमा चिनिने जिल्ला हो । यहाँ आफ्नो इतिहास आफैले बोकेका सप्तरी २००७ साल र २०१७ सालको प्रजातान्त्रिक आन्दोलनहरुमा अथक योगदान सार्थक सिद्ध गरेका छन् । २०४६ साल, २०३६ साल तथा मधेश आन्दोलन, किसान आन्दोलनमा आफ्नो भुमिकालाई सप्तरीले अग्रपंक्तीमा राखेका छन् । सप्तरी जिल्ला ऐतिहासिक धार्मिक तथा भौगोलिक पूर्वाधारहरुबाट आफ्नो स्थान बनाउन सफल भएका छन् भने यहाँ ऐतिहासिक महापुरुषहरुको जन्म सप्तरी जिल्लामा नै भएको हाम्रो धरोहर हो । गणतन्त्र नायक रामराजा प्रसाद सिंह मधेश आन्दोलनका नायक गजेन्द्र नारायण सिंह तथा प्रजातान्त्रिक आन्दोलनमा सहादत दिएका कैयौं सपुतहरु यही जन्म भएका छन् भने ऐतिहासिक मधेश आन्दोलनको मलेठ घटनाबाट राजपा जस्ता राष्ट्रिय मधेशी पार्टी मधेशीको जन्म प्रेणा यही सप्तरी भुमिबाट अर्जित गरेका छन् । तर विकासको दृष्टिकोणमा औद्योगिक क्षेत्र, औद्योगिक क्षेत्रको पूर्वाधारको दृष्टिकोणमा सप्तरी धेरै पछाडी परेको छ । 
    धार्मिक पर्यटकीय क्षेत्रहरु प्रयाप्त मात्रामा रहेको अवस्थामा पनि भारतको नजिक जिल्ला सप्तरी व्यापारी दृष्टिकोणमा पनि सार्थक सिद्ध हुने यता चुरेसँग सिद्धा राजमार्ग गाँसिएको र पहाडी क्षेत्रहरुको आयात वस्तुहरु सजिलैसँग उपलब्ध हुने सप्तरी जिल्ला औद्योगिक स्तरबाट पछाडी परेको कारकतत्वहरु मध्ये सबभन्दा बढी प्रमुख कारक तत्व यहाँबाट राजनैतिक जनप्रतिनिधिहरु राज्यको साझेदारीमा जाँदा पनि सप्तरीको औद्योगिक क्षेत्रको लागि, सप्तरीको औद्योगिक पूर्वाधारको लागि कहिले पनि ध्यान नदिएको र चासो नदेखाएको जनगुनासो आफ्नो ठाउँमा छँदै छ । औद्योगिक पूर्वाधारहरु प्रयाप्त भएता पनि सप्तरीमा औद्योगिक विकास हुन नसकेको र एक मात्र औद्योगिक क्षेत्र दिन प्रतिदिन जगेडा बन्दै गईरहेको छ तथा विगतका दिनहरुमा साना उद्योगहरु पलायन हुँदै जानु शुभ संकेत नरहेको जनचासो रहेको अवस्थामा सप्तरीको विकासको प्रमुख आधार औद्योगिक विकास हो भने यहाँ एक मात्र विमान स्थलको विकास पूर्ण रुपमा नहुनु तथा सडकहरुको अवस्था दिन प्रतिदिन दयनीय हुँदै जानु तथा विकास तथा औद्योगिकको लागि पुँजी लगाउने व्यापारी तथा पुँजीपतिहरुको लगाव नहुनु र उनीहरुलाई व्यापार र उद्योगतिर उन्मुख गराउनको लागि स्थानीय प्रतिनिधिहरु तथा प्रदेश संघीय प्रतिनिधिहरुको सक्रियता नहुनु नै सप्तरीमा औद्योगिक क्षेत्रको विकास फस्टाईरहेको छैन । 
    धार्मिक सामाजिक पुरातत्वहरु पूर्वाधारहरुबाट भरिएको सप्तरी जिल्ला आखिरमा विकास र औद्योगिक क्षेत्र पछाडी पर्नुको कारण सामने आएतापनि नेपाल सरकारको भेदपुर्ण निति तथा प्रदेश सरकारको सक्रियतामा खाँचो स्थानीय जनप्रतिनिधिहरुको लगनशिलतामा खाँचोको कारण विकास र औद्योगिक पूर्वाधार संचालक नभएको यहाँका मानिसहरु युवा तथा बेरोजगारहरु दिनहुँ विदेश पलायन भइरहेको छ भने सप्तरीको आर्थिक क्षेत्र दिनप्रतिदिन ह्रासको सिर्जना भईरहेको छ ।
    नेपाल सरकारको औद्योगिक नीतिको सकारात्मक पक्ष सप्तरीतिर उन्मुख नभएर चुरे देखि भारतको बोर्डर कुनौलीसम्म प्रर्याप्त विकास र उद्योग लगाउने जग्गा र क्षेत्रफल रहेता पनि पुँजीकरणको अभाव  पुँजी लगाउने व्यापारीहरुको मानसिकतालाई जनचेतनाको रुपमा अभियान चलाई नेपाल सरकार प्रदेश सरकार, स्थानीय सरकारहरुको संयुक्त रुपमा वृहत नेपालका औद्योगिक लगानीकर्ताहरुको सम्मेलन र समिनार गरी सप्तरीको धार्मिक पर्यटकीय क्षेत्र विकासीय क्षेत्र, कृषि क्षेत्र तथा सामाजिक पूर्वाधारहरुबारे जानकारी गराई औद्योगिक लगानीकर्ताहरुलाई औद्योगिक क्षेत्र तिर आकृषित गर्नुपर्ने अवस्था देखिन्छ । त्यति मात्र होइन सप्तरीका नाकारात्मक सन्देशहरु भ्रम फैलाएका केही निराधारतत्वहरुलाई औद्योगिक लगानीकर्ता माझ राखी सप्तरी शान्त र विकास प्रेमी रहेको जिल्लामा परेको विश्वास दिलाउन राजनैतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजिवि तथा स्थानीय प्रतिनिधिहरुको प्रमुख दायित्व रहेको छ । स्थानीय जनप्रतिनिधिहरुले आषाढ मसान्तमा गरेका आधारहिन खर्चहरु लाई सम्टि प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुबाट साना उद्योगहरु संचालन गरी ठूलो उद्योगकर्ताहरुलाई उद्योग लगाउनु प्रति आकृषित गराउनु अवस्था रहेको सन्दर्भमा सप्तरीका पुजिपतिहरु व्यापारीहरुलाई सरर रुपमा ऋण उपलब्ध गराउनु स्थानीय नगरपालिका तथा गाउँपालिकाले अहम भुमिका खेली लगानीकर्ताहरुलाई नगरपालिका र गाउँपालिकाबाट हुने प्रयाप्त सुविधाहरु उपलब्ध गराई औद्योगिक विकासका लागि पूर्वाधाहरु निर्माण गर्नुमा सहज र सहज भुमिका खेल्नुपर्ने अवस्था रहेको छ । त्यस्तै साना उद्योग लगानीकर्ताहरुको इजाजत पत्र कर प्रणालीलाई सरल सहज बनाई न्यूनतम दर रेटमा सुविधा उपलब्ध गराई लगानीकर्ताहरुलाई व्यापारतिर उन्मुख गराउनुपर्ने अवस्था देखिन्छ । कच्चा पदार्थहरुलाई भण्डार गरी कृषि क्षेत्र प्रति कृषकहरुको मनोदिशा बढी होस भने भावना जगाई कृषि क्षेत्रमा साना कृषकहरुलाई कृषि विकास बैंक लगायत स्थानीय नगरपालिका गाउँपालिकाहरुबाट सेवासुविधा उपलब्ध गराउनु आवश्यकता देखिन्छ । 
    आर्थिक जनआधार र आर्थिक विकासको प्रमुख आधार औद्योगिक क्षेत्र रहेकोले सप्तरीका साना उद्योगहरु निराश मनस्थितिमा पुगी कतिपय साना उद्योगहरु बन्द हुने स्थितिमा पुगेका छन् भने कतिपयहरुको लगानी डुबिरहेका छन् जसको कारणले औद्योगिक क्षेत्र फस्टाउन नसकेको छ भने यसको कारक तत्व खोजी साना उद्योगहरुलाई अझै पुर्नजिवित गरी अगाडीको पथप्रदर्शक बनी विकासीय लगानीतिर स्थानीय निकायहरुको भुमिका खेल्नुपर्ने आवश्यकता देखिन्छ । सप्तरी जिल्ला माछा पालन गहुँ खेती धान खेती आँप खेती तरकारी खेतीमा आफ्नो प्रमुख स्थानको छाप छोडेको छ भने त्यो उत्पादन गर्ने किसानहरुलाई प्रोत्साहित गरी कृषि क्षेत्रमा लगानी लगाइ विकासीय साना उद्योग अगाडी बढाउनु पर्ने देखिन्छ । 
    सप्तरी जिल्लाको विकास औद्योगिक क्षेत्र औद्योगिक तिर पुँजीकरण करणको लागि सरकारको ध्यान जानुपर्ने सबभन्दा प्रमुख अवस्था रहेकोमा सप्तरीका राजनैतिक दल, सप्तरीका नेता, सप्तरीका जनप्रतिनिधिहरुको प्रमुख दायित्व र कर्तव्य सरकारसँग सप्तरीमा विकासीय पूर्वाधार निर्माणको लागि बजेट माँग गर्नु र अन्य क्षेत्रहरुबाट लगानी लगाई लगानी कर्ताहरुलाई औद्योगिक पूर्वाधाहरुका लागि प्रोत्साहन गरी उनीहरुलाई सप्तरीमा औद्योगिक क्षेत्रलाई लगानीतिर उन्मुख गराउनु प्रमुख दायित्व छ । आफ्नो दायित्वबाट सप्तरीका जनप्रतिनिधिहरु विमुख भयो भने सप्तरी दिनप्रतिदिन आर्थिक र विकासीय दृष्टिकोणमा अझै पछाडी पर्ने अवस्थामा पुगिन्छ । त्यसै कारण हामी सबै मिलि औद्योगिक विकासीय पूर्वाधारहरु निर्माणमा आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने आवश्यकता देखिन्छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट