News Category 2076/09/18

राजपा सरकारमा सहभागिता हुने की नहुने ?

दैनिक समाचारदाता

राजपा सरकारमा सहभागिता हुने की नहुने ?

अमरनाथ मण्डल
    राष्ट्रिय जनता पार्टी मधेश आन्दोलनको मर्म भावना र उद्देश्यको सार्थकता लिएर जन्मिएका पार्टी हो भने राजपामा मधेशवादको अवधारणा बोकी मधेश र मधेशीको अधिकार सवालहरुको उद्देश्य र लक्ष्य लिई छ वटा पार्टी पहिले देखि नै मधेशवादको आवाजलाई शासक वर्गसँग लड्दै आएको पार्टी एक ठाउँमा एकतृत भई सप्तरीको मलेठबाट जन्म भएका राजपा आफ्नो मुल्य मान्यता र उद्देश्यलाई विर्सिन्छौ कि भने प्रश्नहरु आ–आफ्नै ठाउँमा छ । राजपा मधेश नायक गजेन्द्र नारायण सिंह तथा मधेशका पथ प्रदर्शक बाबा रामजन्म तिवारी जस्ता आदर्श बोकेका संघर्षशिल योद्धाहरुको उद्देश्य र मर्मबाट मेहनत र लगनशिलबाट जन्म भएका राजपाको उद्देश्य सायद कुनै सरकारले तथा कुनै शासक वर्गले डगमगाउन नसक्ने मार्गबाट विमुख नहुने विश्वास मधेशी जनताहरुको बिचमा अहिलेसम्म पर्बल रुपमा तर विगतका दिनहरुमा मधेशका पार्टीहरुबीच साता मोहको कारणले गर्दा उपगुटमा परिणत भई पार्टीहरु विभाजन हुने गरेको इतिहास रहेकोले साता मोहले गर्दा फेरि पनि राजपा सरकारमा जाने र उपगुटको संहारमा पुग्ने अलकलवाजीहरु गरिरहेको बीच राजपाका नेताहरु, कार्यकर्ताहरु सतर्क भईरहेका छन् । भर्खरै समाजवादी पार्टीका नेता उपेन्द्र यादवले सरकारमा सहभागिता भएको सरकार र ओलीको बदनीयतपूर्ण मानसिकताले वहाँले सरकार छाडेको प्रमाणहरु वहाँहरुको सामु रहेको अवस्थामा भोलीका दिनमा राजापालाई पनि सरकारमा सहभागिता गराई पछि सरकारबाट हट्ने दवाव दिएपछिको विश्वास गर्ने ठाउँ अहिलेको परिस्थितिमा रहेको छैन । 
    राजपाका सन्त नेता महन्थ ठाकुर, संगठन तथा जनाआधार भएका मधेश आवाजलाई बुलन्द गर्ने नेता राजेन्द्र महतो क्रान्ति विचारका नेता शरदसिंह भण्डारी र शिव भण्डारी तथा जनता माझ चर्चित रहेका महेन्द्र राय, अनिल झा, राजकिशोर यादव जस्ता अध्यक्ष मण्डलका नेताहरु रहेको अवस्थामा वहाँहरु विगतका दिनमा पहाडी मानसिकता बोकेका शासक वर्गहरुसँग तीन तीन चोटी गरेका सम्झौताहरुलाई सरकारले तथा शासक वर्गले बेवास्ता गरेको इतिहास रहेको अहिले मधेश आन्दोलनमा हजारौं मधेशी आन्दोलनकारीहरु घाइत भएका थिए भने  सैयौं मधेशका विर सपुतहरु शहादत दिएका थिए । अहिले कतिपय मधेशी सपुतहरु आन्दोलनको बेला घाइत भई उपचार गराई रहेका थिए भने कतिपय आन्दोलनकारीहरु जेलमा बसेका छन् भने कतिपयहरु मुद्दा खेपिरहेका छन् । जसमध्ये रेशम चौधरीलाई आजीवन कराबासको सजाय भोगी रहेका छन भने मधेशी जनताहरु राजपा जस्तो मधेशवादको अवधारणा बोकेका पार्टीसँग आस्था र निष्ठा बोकेका छन् । 
    मधेश आन्दोलनले दिएका जनआदेश संविधान संशोधन, नागरिकता समस्या, विभेदीकरणको अन्त्य, राज्यमा हिसेदारी तथा मधेश प्रदेशका सवालहरु आफ्नै ठाउँमा छँदै छ । मधेश आन्दोलनको प्रमुख माँग संविधान संशोधन रहेको अवस्थामा अहिले संविधान संशोधनको स पनि उच्चारण गर्न सरकारले मानिरहेको छैन भने बरु शासक वर्गहरुको बतव्यवाजीहरुमा द्वोध चरित्र देखिएको छ भने शासक वर्गले संविधान संशोधनको पक्षमा कुनै पनि अवस्था र सन्दर्भमा देखिरहेको छैन । यस्ता अवस्थामा राजपा सरकारमा जानु राजपा आफू ठूलो भुल गर्ने, राजपाको संगठन आधार कमजोर हुनु, स्वाभाविक रहेको अवस्थामा राजपाले कहिले पनि आफू समाप्त हुने गलत निर्णय लिन सक्ने अवस्था देखिदैन । राजपाका केही नेताहरुको बकत्वयवाजी तथा संचार माध्यमहरुबाट आफूहरुको माग जबसम्म सम्बोधन हुँदैन जबसम्म सरकारमा नजानु आई रहेको अवस्थामा सरकारमा जाने हल्लाहरु भित्र वास्ताविकता सत्यता नदेखिएको अस्पष्ट देखिन्छ । राजपाले अहिले महाधिवेशनतिर आफ्नो मनस्तिष्क बनाई रहेको अवस्थामा एक्कासी राष्ट्रिय सभाको सदस्यहरुको मनोनयनबारे नेकपासँग गरेको सम्झौताको सन्दर्भ लिएर राजपा सरकारमा जाने अड्कलबाजीहरु जनतासमक्ष भईरहेको अवस्थामा राजपाले राष्ट्रिय सभाका दुई सिट आफू जित्ने मानसिकता बोकी तत्कालिन राष्ट्रिय सभाको लागि मात्र नेकपासँग सम्झौता गरेको यस सम्झौताको कुनै आधार सरकारमा सहभागिता हुने नरहेको सार्वजनिक संचार माध्यमहरुबाट बकत्व्यवाजी गरिरहेको छ । तर राजपा भित्रबाट एक पक्षले संविधान संशोधनको केही एजेण्डाहरु संसदमा टेबुल गरी रेशम चौधरी लगायतहरुको मुद्दा फिर्ता गराई सरकारमा सहभागिता हुने तर्कहरु पार्टी भित्र राखिरहेको अवस्थामा राजपाका क्रान्तिकारी युवा नेताहरुको दवाव कारण सरकारमा सहभागिताको सम्भावना कमजोर भईरहेको छ । सरकारमा सहभागिता हुने तर्क गर्ने नेताहरु तथा पार्टी भित्र दवाव सिर्जना गर्ने नेताहरु विस्तारै मधेशी जनताको तथा मधेशवादका आवाज बुलन्त गर्ने राजपाका कार्यकर्ताहरुको आक्रोस मनस्थिति हेरी सरकारमा सहभागिता हुने तर्क राख्ने नेताहरु कमजोर परिरहेका छन् । जसको परिणाम राजपाका अध्यक्ष मण्डलका सदस्यहरुबाट नै सार्वजनिक संचार माध्यमहरुमा आफू सरकारमा सहभागिता नहुने स्पष्ट अडान राखिरहेका छन् भने सरकारले एउटा मधेशवादी पार्टी समाजवादी सँग गरिेका धोका राजपाले विर्सेका छैन भने राजपाका सिद्धान्त मुल्य मान्यता मधेशवाद अवधारणा रहेको अवस्थामा राजपाको प्रमुख एजेण्डा संविधान संशोधन रहेको र सो संविधान संशोधनबाट मधेश मधेशीको हित र अधिकारको सवालमा सधैं लड्ने आधार र अडान रहेको छ । अहिले राजपा र समाजवादीको प्रदेश २ नं. मा सरकार रहेको सो सरकार पनि खतरामा रहेको शंका र उपशंकाको बीचमा राजपा र समाजवादीको सरकार नटुट्ने तथा नबिर्गने संकेतहरु दुवै पार्टीले गरिरहेको अवस्थामा मधेशी जनताहरुको चाहना पनि राजपा र समाजवादीको प्रदेश नं. २ मा सरकार नटुटोस भने मनोभावना रहेको छ । सो सन्दर्भमा साता मोह, पदमोह मन्त्री कुर्सीको लागि राजपा र समाजवादी नफुटी दुवै पार्टीहरु सरकारमा सहभागिता नभई अहिले समाजवादी पार्टी पनि सरकारबाट बाहिरिएको अवस्थामा दुवै पार्टी बीच कार्यगत एकता हुने प्रबल आधारहरु रहेको बेला यी दुवै पार्टीहरु पार्टी एकता गरी मधेश आन्दोलनको अजनादेशलाई सबल बनाई मजबुतीको साथ सडक देखि सदनसम्म संघर्षको लागि पहल गर्नुपर्ने तथा सक्रियता बढाउनु पर्ने अवस्था रहेको छ । 
    मधेश आन्दोलनले दिएको जनादेश निर्देशित गरेको मधेशी विर सपुतहरुको तथा इतिहासमा नै सबभन्दा ठूलो महान आन्दोलन मधेश आन्दोलनको मर्म भावनालाई नबर्सि यी दुवै पार्टी सरकारमा नगई वर्षौ देखि शोसन, दमन, उत्पीडनमा परेका मधेशी आदीबासी, जनजाती, मुस्लिम, दलितहरुको अधिकारलाई सुनिश्चित गर्ने एउटा महान अर्काे आन्दोलनको आवश्यकता रहेको बेला आफू बीच मधेशी दलहरुमा फुटउपगुट हुनु सरकारमा सहभागिता हुनु पद लोलुप्ता देखाउनु इतिहासमा ठूलो भूल हुनु हो । यस्ता भुललाई कदापी कहिले पनि मधेशी जनताले स्वीकार गर्ने छैन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट