News Category 2076/09/27

अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा प्रिमियर बिजयी

दैनिक समाचारदाता

अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा प्रिमियर बिजयी

दैनिक समाचारदाता
राजबिराज, २७ पुस । 
    राजविराजमा संचालित अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार सम्पन्न खेलमा प्रिमियर सेकेण्ड्री स्कुल बिजयी भएको छ । 
    सप्तरी क्रिकेट संघसंगको सहकार्यमा ग्रिन नेपाल राजबिराजको आयोजनामा राजबिराज स्थित राजरंगशालामा संचालित सो प्रतियोगितामा प्रिमियर सेकेण्ड्री स्कुलले रोज पब्लिक सेकेण्ड्री स्कुललाई २२ रनले पराजित गरेको हो । 
    प्रिमियरले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाई १ सय ७१ रनको योगफल तयार पारेको थियो । प्रिमियरका लागि युवराज यादवले नटआउट रहि २१ बलमा ५ चौक्काको मद्दतले ३५ रन तथा मो सदाम ३४ र प्रदिप यादवले २४ रनको योगदान दिएका थिए । 
    बलिंगतर्फ रोज पब्लिकका तर्फबाट मनिश साह र नन्दकिशोर मण्डलले सामान २ बिकेट तथा राहुल यादव र बिशाल साहले १÷१ बिकेट लिएका थिए । 
    प्रतिउत्तरमा १ सय ७२ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको रोज पब्लिकले निर्धारित २० ओभरमा ७ बिकेट गुमाई १ सय ४९ रन मात्र जोडन सकेको थियो । रोज पब्लिकका लागि कृष्णा चौधरीले नटआउट रहि ३५ रन तथा सत्यम झा र रोशन यादवले क्रमशः ३१ र ३३ रनको योगदान दिएका थिए । प्रिमियरका लागि जय बर्माले ३ तथा मो. सदाम, मो. असलम र रोहित गुप्ताले १÷१ बिकेट लिएक थिए । 
    खेलको म्यान अफ द म्याच प्रिमियर सेकेण्ड्रीका मो. सद्दामलाई क्रिकेटर महवुव आलमद्वारा नगद तथा ट्रफि प्रदान गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट