News Category 2070/11/30

पा“च जना पत्रकारको सदस्यता फुकुवा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ फागुन । 
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले तत्कालिन शाही शासनकालमा कार्वाही गरिएका सप्तरीका पाँच जना पत्रकारहरुको सदस्यता फुकुवा गरेको छ ।
महासंघको केन्द्रीय समितिको माघ १८–२३ गतेको बैठकले सप्तरीका बरिष्ठ पत्रकारद्वय शिशु प्रसाद देवकोटा, अनिल कुमार अनल, ध्रुव मल्ल ठकुरी, सुर्यनारायण यादव र दिपक कुमार गुप्ताको सदस्यता फुकुवा गर्ने निर्णय गरेको महासंघका महासचिव ओम शर्माले महासंघ सप्तरी शाखालाई पठाएको पत्रमा उल्लेख छ । 
तत्कालिन शाही शासनकालमा महासंघको हितबिपरित काम गरेको भन्दै कार्वाही गरिएका पाँचै जनाको सदस्यता फुकुवा गरेको पत्रमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट