News Category 2076/09/28

राष्ट्रिय सभाको निर्वाचन पार्टीहरुको प्रतिष्ठाको लडाई  

दैनिक समाचारदाता

राष्ट्रिय सभाको निर्वाचन पार्टीहरुको प्रतिष्ठाको लडाई  

अमरनाथ मण्डल
    राष्ट्रिय सभाको निर्वाचित सन्दर्भमा प्रदेश २ मा दुई वटा सिटको पार्टीहरुले प्रतिष्ठाको प्रश्न बनाएको छ । मधेश आन्दोलनबाट स्थापित पार्टीहरु राजपा र तत्कालिन फोरम र हाल समाजवादीले काँग्रेस र नेकपासँग समझदारी गरी आ–आफ्ना उम्मेदवारहरु मैदानको रनभुमिमा उतारेका छन् । प्रदेश नं. २ मधेशका जिल्लाहरु र राजपा र समाजवादीका बढी स्थानीय निकाय प्रदेश जनप्रतिनिधिमा विजय हासिल गरेको अवस्थामा केन्द्रिय राज्य संचालन गर्ने पार्टीहरु मध्येमा काँग्रेस र नेकपाले प्रदेश दुईमा समाजवादी र राजपाको काँधामा चढी आ–आफ्नो विजयी सुनिश्चित तिर अग्रसर भएका छन् । जम्मा ९९४८ मत रहेका मतदाता मध्येमा राजपा र नेकपाको संयुक्त पक्षमा ५२०२ र काँग्रेस र समाजवादीको पक्षमा ४७४६ मतको संख्या रहेको अवस्थामा ४५६ मत राजपा र नेकपाको गठबन्धनलाई अग्रता पाई रहेको अवस्थामा विभिन्न किसिमका राजनैतिक विशेषण निर्वाचन समिक्षा भईरहेको छ । 
    राष्ट्रिय सभाको निर्वाचनमा आ–आफ्ना पार्टीले आफ्ना तर्कहरुको साथ विश्लेषण गरिहेको सन्दर्भमा समाजवादीका एक जना केन्द्रिय बरिष्ठ नेताले यस स्तम्भकारसँग कुरा गर्दा खेरी आफूहरुको जित सुनिश्चित रहेको धारणा राख्नुभएको अवस्थामा उहाँको भनाई अनुसार काँग्रेस प्रतिपक्षमा रहेको र समाजवादी आन्दोलनबाट जन्म भएको पार्टी रहेकोले काँग्रेस समाजवादी मधेशप्रति आस्था र निष्ठा राख्ने पार्टी रहेको सन्दर्भमा मधेशी अर्थात मधेशवाद अवधारणा बोकेका मतदाताहरु आफू पक्षमा मतादान गर्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै राजपा एक जना केन्द्रिय नेताले यस स्तम्भकारसँग निर्वाचन सन्दर्भमा कुरा गर्दा खेरी आफूहरु मधेश मुद्दालाई अगाडी बढाएको र मधेश मुद्दाको लागि सधैं लडिरहेको पार्टी भएको हुनाले तथा महान मधेश आन्दोलनमा आफूहरुको भुमिका कसैसँग नछुटेको कारण राजपा मधेशवाद पार्टी भएकोले मधेश प्रति आस्था र निष्ठा राख्ने मतदाताले आफू पक्ष मत हाल्ने विश्वास व्यक्त गरेका छन् । अर्काे प्रश्नको सन्दर्भमा उहाँसँग गरेको कुरामा तपाईहरु भोलीका दुश्मन तथा विरोधी नेकपासँग तालमेल गरेको के नेकपासँगको तालमेलको कारण मधेशी मतदाता तथा आफ्नै पार्टी भित्र अन्तरविरोध हुन्छ कि भन्ने प्रश्नमा उहाँले हामी राजनैतिकमा सधैं विरोधी र समर्थन हुँदैन । समय परिस्थिति अनुसार मधेशको हितको लागि हामीले नेकपासँग राष्ट्रिय सभा दुई सिट सुरक्षितको लागि सम्झौता गरेको तसर्थ भोलीका दिनमा नेकपासँग आपसी समझदारी वहाँहरुको मानसिकता माथि नै निर्भर पर्ने व्यक्त गर्नुभयो । 
    अर्थातमा राजपा र समाजवादीको प्रबल क्षेत्र रहेको प्रदेश नं. २ मा मतको क्रोस हुने अड्कलवाजीहरु कम भई रहेको छैन । जस अड्कलवाजीमा जातीय समिकरणलाई जोडेर हेरिहेको अवस्थामा अहिलेको परिस्थिति अनुसार राजपा र नेकपाको गठबन्धनको ४५६ मतले अगाडी देखिएको छ । राष्ट्रिय सभामा मतदाता रहेका मतदाताहरु आफूहरु पार्टी हाक्ने नेता रहेको तथा पार्टीबाट निर्वाचित रहेको सन्दर्भमा पार्टीको सिद्धान्त मर्म भावनाबाट पछाडी नहट्ने तर्क मतदाताहरुको रहेको छ । अहिले भर्खरै काँग्रेसका दुई जना स्थानीय जनप्रतिनिधिहरुलाई पार्टीबाट निष्काशन गरी निर्वाचन आयोग तथा अदालतमा निवेदन दिएको सन्दर्भमा उहाँ दुई जनाको पदरिक्त रहेको अवस्थामा स्थानीय जनप्रतिनिधिहरुले पार्टीको विरुद्ध मतदान गर्ने अवस्था अहिलेको सन्दर्भमा देख्दैन । तर निर्वाचन भएकोले निर्वाचनको सन्दर्भमा कसको जित हुन्छ ? कसको हार हुन्छ ? भन्न सक्ने अवस्था रहेको छैन । सप्तरीबाट राजपाका दुई जना उम्मेदवारलाई पार्टीले सप्तरीकै प्रमुखता दिएको कारण अन्य जिल्लाका नेता तथा प्रतिनिधिहरु राजपाका अध्यक्ष मण्डलका सदस्यहरुसँग रुष्ट रहेको श्रोतको दावी रहेको अवस्थामा तिनीहरुको सन्तुष्टि निर्वाचन माथि प्रभाव पर्ने अड्कलवाजी पनि आफ्नै ठाउँमा रहेको छ । तसर्थ मधेश र मधेशी जनताको भावना अनुसार मधेशी दलहरुमा आपसी समझदारी भई राष्ट्रिय सभाको निर्वाचनमा सहभागिता भएको भए भन्ने अवस्थामा मधेशवाद अझै मजबुज हुने तर्कहरु मधेशी बुद्धिजिवीहरुको रहेको छ । राष्ट्रिय सभाको लागि गरिएको दुइ बुन्दे सहमति राजपाले आफू कार्यकर्ताको विश्वास जित्न सफल भईरहेको छैन भने कार्यकर्ताहरुको बिचमा नेकपासँग गरिएको सम्झौता पनि पचिरहेको अवस्था छैन । तर समाजवादीले नेकपासँग सम्झौता गरी सरकारमा गएको र उपेन्द्र जीले मन्त्री भएको सन्दर्भ र जिक्रलाई आधार बनाई राजपाले आफ्नो कार्यकर्ताहरुलाई चित बुझाईरहेको छ तर मधेशमा भएको लामो महान आन्दोलनको मर्म भावना संविधान संशोधन नागरिकता समस्या विभेदीकरणको अन्त्य समान्ताको हक तथा मधेशी, आदीबासी, जनजाती, मुस्लिम, दलित, पिछडिएका वर्गको हकहितको सबालहरु जहाँको त्यही छ । आन्दोलनमा सैयौं मधेशी वीर सपुतहरुले दिएको सहादत र हजारौं घाइते भएका वीर मधेशी आन्दोलनकारीहरु  पीडाको भावना र उहाँहरुको बलिदानीको सम्मान तिर मधेशका यी दुई दल राजपा र समाजवादी आफूमा सक्षम नभई रहेको स्पष्ट देखिन्छ । 
    कुनै पनि विद्रोहको आन्दोलन, कुनै पनि अधिकार प्राप्तिको आन्दोलन र कुनै पनि शासक वर्गको शासन पद्धतिको विरोधमा थालिएको आन्दोलन त्यति सजिलोसँग सफलता हात पाउने सक्दैन । त्यसको लागि आन्दोलनहरुले समय समयमा दिई रहेका जनादेशलाई सम्मान गरी आफूसँग रहेका शक्तिहरुलाई सञ्चय गरी आफूसँग स्हार्दपूर्ण वातावरण तथा सिद्धान्त मिल्ने पार्टीहरुसँग एकताको परिपार्टीलाई सधैं बलियो राखी आन्दोलनको शंखनांदलाई बलियो बनाई समय र पस्थितिको पर्खाईमा बस्नुपर्छ । विभिन्न देशमा भएका अधिकार प्राप्तिका आन्दोलनको लडाईमा दक्षिण अफ्रिकामा नेन्सन मण्डेला वर्षौ वर्षसम्म जेल बसी आन्दोलनलाई निरन्तरता दिएका थिए भने भारतका स्वतन्त्रता संग्राममा महात्मा गान्धी, सुभाषचन्द्र बोस, जय प्रकाश नारायण, राम मनोहर लोहिया जस्ता नेताहरु ले वर्षौ वर्ष जेल जिवन बिताई संघर्षलाई वर्षैसम्म निरन्तरता दिई अजादी पाएका छन् । हामीले इतिहासबाट धेरै कुराहरु सिक्ने अवसर रहेको सन्दर्भमा विश्वमा लामो समयसम्म ऐतिहासिक महान आन्दोलनको भावनाको सम्मान गर्नु मधेशवाद पार्टीहरुको धर्म र नैतिकता खोज्ने रहेको अवस्था आफू बीच टुटफुट गुट नगरी मधेशवादी नेताहरु साताको प्यारा नरहेको सार्थक सिद्धलाई बलियो बनाएनुपर्ने अवस्था रहेको छ । राष्ट्रिय सभामा गरेका सम्झौता तथा समाजवादीले नेकपासँग गरेका सम्झौता र गएका सरकारमा सबै कुराहरुलाई थाति रहेका भोलीका दिनमा अभियासको साथ मधेशवादी दलहरु आपसी समझदारी गर्नुपर्ने अगाडी बढ्नुपर्ने जनभावना रहेको छ तथा नेकपा र काँग्रेसले पनि मधेश नेपालको एउटा अभिन्न अंग रहेको र मधेश बिना नेपाल पुरक नहुने अवस्थामा मधेशी जनताले गरेका आन्दोलनहरुको तथा काँग्रेस र नेकपाले विभिन्न समयमा गरेका सम्झौताहरुको कार्यान्वयन तथा विश्वासको अवस्था सिर्जनाको लागि विगतमा गरिएका सम्झौताहरुको परिपालनको लागि मधेश हितको लागि, संविधान संशोधन विषय तथा मुद्दालाई संसदमा अगाडी बढाउनुपर्ने अवस्था देखिन्छ । यसबाट यी दुई दलहरुले मधेशमा गुमाएका आफ्नो विश्वासहरु भोलीका दिनमा कायम गर्न सक्ने अवस्थाको सिर्जना हुन्छ । राजपाले नेकपासँग गरेको सम्झौता राष्ट्रिय सभा निर्वाचनको लागि गरिएको छ भने त्यसमा मधेशको हितको लागि संविधान संशोधनका लागि तथा मधेशीहरुको अधिकारको लागि विश्वासको साथ ठोस आधारको साथ ठोस सम्झौताको साथ अगाडी दिनमा नेकपासँग अन्य सम्झौता गरी मधेशको हित हुने तथा राजपा प्रति जनताको विश्वास अझै प्रबल हुने तथा नेकपा माथि मधेशमा अविश्वासको धरातल विस्तारै हट्दै जाने बुद्धिजिवीहरुको तर्क रहेको छ । 
    राष्ट्रिय सभामा दुई दाजुभाई बीच भई रहेको प्रतिस्पर्धा तथा भोलीका सहयात्री, समाजवादी राजपा बीच भईरहेको प्रतिस्पर्धा तथा मधेशी समाजभित्र उठिरहेको अड्कलवाजी जे होस्, मधेशी जनताले मधेशको हितमा आवाज उठाउने र लडाई लड्ने पार्टी र दलको समर्थनमा उभिरहेको छ । भोलीका दिनमा मधेशवादी पार्टीहरु कुनै पनि सम्झौता सहमति तथा मेलमिलापको सम्बन्धलाई अगाडी बढायो भने मधेशको भविष्य र अधिकारलाई सुनिश्चित राखी मात्र समझदारी हुनुपर्ने आम मधेशीको धारणा छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट