News Category 2076/09/29

दुर्गा सेकेण्ड्री सेमिफाईनलमा प्रवेश

दैनिक समाचारदाता

दुर्गा सेकेण्ड्री सेमिफाईनलमा प्रवेश

दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
    राजविराजमा संचालित अन्तर विद्यालय जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न खेलमा दुर्गा सकेण्ड्रीले प्रिमियर सेकेण्ड्रीलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 
    सप्तरी क्रिकेट संघसंगको सहकार्यमा ग्रिन नेपाल राजबिराजको आयोजनामा राजरंगशालामा संचालित उक्त प्रतियोगितामा प्रिमियरले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानी १ सय १ रनको योगफल तयार पारको थियो । 
    प्रिमियरका लागि रोहित भगत र युवराज साहले सामान २५ रन तथा प्रदिप यादवले १९ रनको योगदान दिएका थिए । बलिंग तर्फ दुर्गाका भिम यादवले ३ तथा सफल थापाले १ बिकेट लिएका थिए । 
    १ सय २ रनको लक्ष्य लिई मैदानमा ओर्लेको दुर्गाले उक्त लक्ष्य सजिलै १६ ओभर ५ बलमा ५ बिकेटको नोक्सानीमा भेटाएका थिए । 
    दुर्गाका लागि अभिशेक कार्की २४ र सुमित झाले १० तथा निलेश देवले १३ रनको योगदान दिएका थिए भने सफल थापा ११ र श्रवण मुखिया ७ रनमा नटआउट रहेका थिए । बलिंग तर्फ प्रिमियरका रोहित भगतले २ तथा मो. सदाम र जय यादवले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच दुर्गा सेकेण्ड्री स्कुलका भिम यादवलाई सप्तरी युथ नेपालका कोषाध्यक्ष बिष्णु यादवले नगद तथा ट्रफि प्रदान गरेका थिए । 
    प्रतियोगिता अन्र्तगत बुधवार सृजना सेकेन्ड्री स्कुल र लिटल एन्जल सेकेण्ड्री स्कुल बिच हुने आयोजक समितिका संयोजक खेलानन्द दासले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट