News Category 2076/10/01

बस पार्क, औद्योगिक क्षेत्र र विमानस्थल  स्तरोन्तरीको कार्य “बिरबलको खिचडी” झै होइन 

दैनिक समाचारदाता

बस पार्क, औद्योगिक क्षेत्र र विमानस्थल  स्तरोन्तरीको कार्य “बिरबलको खिचडी” झै होइन 

अमरनाथ मण्डल
    ऐतिहासिक, भौगोलिक, सांस्कृतिक धरोहर बोकेका सप्तरी जिल्लाका मुल माध्यम र श्रोतहरु विकासीय गतिविधिहरु तथा भौतिक संरचनाहरु निर्माण सँगै पुर्नस्थापना मर्मत सम्भार तथा नयाँपन र व्यवस्थापनको खाँचोका कारण ख्याती कमाएका सप्तरी जिल्ला । पिछडिएको अवस्थामा रहेको सन्दर्भको केही तथ्यहरु सार्वजनिक भएतापनि सम्बन्धित निकाय लगायत सरकारी पक्षहरुबाट उदारदता नदेखाएको कारण नेपाल अधिराज्य भरिमा नै प्रसिद्ध रहेका भारतको जयपुरको नक्सामा निर्वाधिन रहेका राजविराज नगरपालिकाको अवस्था दुरदसामा परिणत भइरहेका छन् । सगरमाथा अञ्चलको सदरमुकाम तथा हरेक स्तरबाट, क्षेत्रबाट तथा शिक्षा र बौद्धिक क्षेत्र लगायत इतिहासका महापुरुषहरुको जन्मस्थल समेत रहेका सप्तरी जिल्ला तथा राजविराज नगरपालिकाको अवस्था र प्रस्थिति र परिवेशको सन्र्दमा दिन प्रतिदिन पछाडी परिरहेका छन् । सप्तरी जिल्ला धार्मिक दृष्टिकोणमा सखडा भगवती, राजदेवी, मन्दिर, कंकालिनी भगवती लगायत धार्मिक पुरातत्व र आस्था बोकेका मन्दिरहरु तथा पर्यटकीय क्षेत्रहरु रहेको छ भने पुरानो विमानस्थल तथा सम्पूर्ण भौतिक पूर्वाधारहरु बोकेका औद्योगि क्षेत्र तथा प्रयाप्त जग्गा तथा भौगोलिक संरचनामा निर्माण भईरहेका बस पार्कको अवस्था के छ ? भन्ने सन्दर्भमा राजविराज नगरपालिका जनप्रतिनिधि तथा प्रदेश सरकारका जनप्रतिनिधि तथा सप्तरीबाट निर्वाचित भएका संघीय जनप्रतिनिधिहरु किन तदरुपता नदेखाई रहेको सन्दर्भमा नकारात्मक शब्दहरुको जन्म उत्पन्न भईरहका छन् । जनताको जनादेशबाट निर्वाचित भएका जनप्रतिनिधिहरु जनताले सिधै सरोकार रहेका भौतिक तथा औद्योगिक पूर्वाधारहरुको अवस्था दयनीय बन्दै गईरहेको जिम्मेवारी कसले लेला भने प्रश्नहरु उब्जिरहेका छन् । जनताको मनोभावना अनुसार सप्तरीको विकास सबभन्दा ठूलो आकांक्षा रहेको अवस्थामा राजविराज औद्योगिक क्षेत्र प्रयाप्त जग्गा क्षेत्रफल भित्र फैलिएका पूर्वाधारहरु, भवनहरुमा स्याल र कुकुर तथा चारहरुमा उद्योगको सट्टा गाई चराउने गोचर बन्दै गईरहेको अवस्थामा औद्योगिक लगामीतिर लगानीकर्ताहरु किन उन्मुख भईरहेको सन्दर्भ जनताहरुले प्रश्न गर्न चाहिरहेको छ । राज्यको ७५ जिल्ला मध्ये सप्तरी जिल्ला कृषि क्षेत्रमा कृषिजन्य पदार्थको उत्पादन तथा कच्चा मालको उत्पादन लगायत प्रयाप्त औद्योगिक स्तर रहेता पनि औद्योगिक क्षेत्र सुन्य बनेका छन् । त्यस्तै राजविराजको एक मात्र विमानस्थलमा केही दिन पहिले श्री एयरलायन्स आफ्नो हवाई उडान संचालन गरेको अवस्थामा अहिले बुद्ध एयर पनि उडान संचालन गर्ने तरखरमा विमानस्थलको भौतिक संरचना लगायत अन्य प्राविधिक संरचनाहरु कमजोर रहेको र विराटनगर विमानस्थल भन्दा अन्य सवालहरुमा कमजो बन्दै गईरहेको समयमा यात्रुहरु, हवाई यात्रा गर्न घण्टो पर्खाइमा बसेको अवस्था सन्दर्भमा यसलाई नियमित र पूर्ण रुपमा सक्षम बनाउनु पर्ने आफ्नो दायित्वसँग कले किन पछाडी परिरहेको भने प्रश्नहरु उब्जिरहेका छन् ? 
    वर्षौदेखि अव्यवस्थित ट्राफिक यात्रासँग जुधिरहेका सप्तरीको सदरमुकाम राजविराजको रोडहरुमा अनियमित तरिकाबाट बसपार्क गरी तथा टेम्पु, सानो सवारी साधनहरुको अनियमित तरिकाबाट जहाँ पायो त्यही बस स्टेण्ड बनाउने अवैधानिक परिपाटी सप्तरी राजविराज नगरपालिकाको यात्रुहरुलाई पौदल यात्रा गर्न अन्य सवारी साधनबाट यात्रा गर्न कठिनाई भईरहेको सन्दर्भमा हेर्दा खेरी दुर्घटनाको ठूलो खतरा रहेको अवस्था छ । ट्राफिक नियमको पालना गर्नु आफू दुर्घटनाको बच्नु र अरुलाई बचाउनु प्रमुख आधार ट्राफिक नियम रहेकोले ट्राफिकहरुले ठाउँ ठाउँमा लगाई रहेका नो पार्किङ्ग बोर्डहरुलाई नियम न मानि बैधानिक तरिकाबाट गाडीहरु अलपत्र पारी राखिएको कारण बजारको व्यापारीहरु लगायत बजारको सुन्दरतामा पनि ह्रास भईरहेको अवस्था छ । राजविराज नगरपालिका भित्र रोडै रोड रहेको अवस्थामा रोडहरु फराकिलो नरहेको तथा रोडहरुमा मर्मत सम्भार अवस्था दिनप्रतिदिन रहँदै सन्दर्भमा मर्मतको खाँचोको कारण सडकहरु जर्जर बन्दै छैन । त्यसको कारण अहिले राजदेवीमा वर्षाै सिलायन्स भएका बसपार्क असार मसान्तमा घुम्ति ठिकेदारहरुले काम गर्छ । फेरि त्यो, त्यहीको त्यही निर्माण अवस्था थाँती बन्न पुग्छ । आखिर विकासीय बजेट छुट्याए तापनि तदरुपताको साथ द्रुत गतिमा बसपार्कको निर्माण नहुनुको कारण के रहेको छ ? भने सन्दर्भहरु उठिरहेको छ । 
    सप्तरी जिल्ला मधेशको उर्बर भुमिको रुपमा स्थापित रहँदै आएको छ । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद भट्टराईले एक समयमा सप्तरीलाई बौद्धिक र गतिशिल जिल्ला रहेको आफ्नो भनाई राखेको अवस्थामा प्रयाप्त पर्यटकीय आधारहरु तथा भौगोलिक सौन्दर्यताको बरदान पाएका सप्तरी जिल्ला धार्मिक पर्यटकीय समथल जग्गा तथा प्रयाप्त कृषि उत्पादन क्षेत्र रहँदै आएको अवस्थामा गणतन्त्र नायक रामराजा प्रसाद सिंह गजेन्द्रनारायण सिंह जस्ता नेताहरुको जन्म र राजनीतिक जिवन सप्तरीबाट शुरु भएको अवस्थामा सप्तरीको यस्तो दुरदसाले जनप्रतिनिधिहरु माथि सिधै प्रश्नहरुको सवालहरु उठिरहेका छन् । राजविराज नगरपालिकाका स्थानीय जनप्रतिनिधिहरुले राजविराजको हटियालाई व्यवस्थापन गर्ने पुर्नसंरचना गर्ने अवस्थाको सुरुवात त ग¥यो तर हटियामा बनिरहेको भवनहरुको निर्माण कार्य सुस्त गतिमा चलिरहेको सन्दर्भमा गुन्द्री हाटका व्यापारी, व्यापार व्यवस्थापन गर्न  नपाईरहेको सन्दर्भमा सानो व्यापारीहरु दिन प्रतिनिधि मर्कामा परिरहेको अवस्था छ । त्यस्तै राजविराजका नालाहरुको व्यवस्थापन पुर्नसंरचना तथा निर्माण कार्य, मर्मत कार्य नभईरहेकोले नालाहरुबाट दुर्गन्ध आईरहेको अवस्था छ । केही दिन पहिले राजविराजमा सुँगुरहरुको बस्ने बास बनेको थियो भने राजविराज नगरपालिकाले सुँगुृर मार्ने अभियानको कारण सुँगुरहरु केही कम देखिरहेको अवस्थामा पशु र मौवेसीहरुको विज्ञ विज्ञ राजविराजको रोडहरुमा अहिले पनि देखिरहेको छ । खानेपानी, सरसफाई, पानी वहावको अवस्था वर्षायाममा राजविराजको रोडहरुमा लागिरहेको वर्षाको पानीको कारण राजविराज जस्तो सुन्दर नगरी हाल वेहाल रहेको छ । 
    सप्तरी जिल्लाको प्रमुख विकासीय आधार मध्येमा तीन आधार प्रमुख स्थान बोक्दै आएको अवस्थामा राजविराज विमान स्थल, औद्योगिक क्षेत्र तथा राजविराज बसपार्कको निर्माण मर्मत सम्भार व्यवस्थापन व्यपारीहरुको पुँजीकरण लगानीको सन्दर्भमा राजनीतिक दल स्थानीय जनप्रतिनिधिहरु, प्रदेश जनप्रतिनिध तथा संघीय प्रतिनिधिहरुको सक्रियता लगनशिलता तथा राज्य संगत आफ्ना जिल्लाको विकासको लागि लड्नुपर्ने लडाईमा प्रयाप्त खाँचो देखिएको अवस्थाले जनताको मनोभावना माथि ठूलो चोट पुगेका छन् । जसको कारण जनताहरुले जनप्रतिनिधिहरु माथि विश्वास गर्न छाडिरहेको अवस्था सिर्जना भएको छ । तसर्थ जनताको मत र भावनाको सम्मान गरी सप्तरीको विकासमा स्थानीय जनप्रनिधिहरुको लगावमा पूर्ण रुपले सक्रियतापन हुनुपर्ने अवस्था देखिन्छ । नत्र भोलीका दिनमा सप्तरी अञ्चलको सदरमुकाम मात्र नभई सानो कुनै गाउँमा परिणत हुने वेर लाग्ने छैन । त्यस कारण सप्तरीले ख्याती कमाएका आधारहरुलाई सुरक्षित गरी सप्तरीका सडक, बाटोघाटो, पुलपुलेसा, औद्योगिक लगानी बसपार्कको निर्माण, विमान स्थलको सुधार जस्ता कुराहरुमा पूर्ण रुपमा ध्यान दिनुपर्ने जनप्रतिनिधिहरुको कर्तव्य रहेको अवस्था छ । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट