News Category 2076/10/08

न्याय सम्पादन कार्यमा दलित महिला 

दैनिक समाचारदाता

न्याय सम्पादन कार्यमा दलित महिला 

अमरनाथ मण्डल
    नेपालमा आन्दोलनहरुको बलको आधारमा जनताको जनादेशको सम्मानको आधारमा परिवर्तनको अनुभुति स्वरुप प्रजातन्त्र स्थापना, गणतन्त्र स्थापना लगायत संघीयताको पदारोपणसँगै समाजमा, प्रदेशमा, राज्यमा सामाजिक न्यायकोसँगै विभेदीकरणको ठूलो ग्रहणलाई अन्त्यको लागि परिवर्तनको ठूलो भुमिका सार्थक सिद्ध भईरहेका छन् । मधेशमा उत्पीडन, विभेदीकरण तथा शोषणको आँखा हेर्ने दृष्टि कारण दलित आदीबासी, जनजाति मुस्लिमहरुले सुनिश्चित अधिकारको प्रत्याभुति नपाएको अवस्थामा प्रजातन्त्र आन्दोलन लगायत, गणतन्त्र मधेश आन्दोलनले, मधेश आन्दोलनले नयाँ किरणको आशहरुलाई व्यवहारको पटलहरुमा सार्थक सिद्ध गरिरहेका छन् । जसको प्रत्यक्ष उदाहरण राज्यमा दलित, आदीबासी, जनजातिहरुको सहभागिता न्यून मात्रामा भएतापनि सहभागिताको कारण अधिकार प्राप्तिहरुको आन्दोलनहरुले ऊर्जा पाईरहेका छन् । यसै क्रममा सप्तरी जिल्लाको सदरमुकाम राजविराज नगरपालिका वडा नं. ९ बाट निर्वाचित वडा सदस्य रेखा देवी मण्डल (खत्वे) ले वडा सदस्यमा निर्वाचित भई राजविराज नगरपालिकाको न्यायिक समितिको सदस्यमा राजविराज नगरपालिकाको निर्णय अनुसार चयन भएकी छिन् । वहाँले न्यायायिक समितिमा दुई वर्ष अवधि न्याय सन्दर्भको बिचमा बिताइसकेकी छिन् । 
रेखा देवी मण्डल खत्वे


    राजविराज नगरपालिका वडा नं. ९ जोलहरी मलेठ बस्ने ३७ वर्षिय रेखा देवी मण्डल (खत्वे) साधारण परिवारमा जन्म लिएकी हुन् । आर्थिक स्थितिको कमजोर तथा परिवारलाई हातमुख जोर्न कठिनाई भईरहेको अवस्थामा इन्टरसम्म कठिनाईपूर्वक शिक्षा ग्रहण गरी वहाँको मेहनत लगनशिलता र व्यवहारको कारण राष्ट्रिय जनता पार्टी नेपालले वहाँलाई वडा सदस्यमा उम्मेदवार बनाए । वहाँ वडा सदस्यमा सबभन्दा बढी मत ल्याई निर्वाचित वहाँको मेहनत लगनशिलता र धैर्यताले नगरपालिकामा न्यायिक समितिको जिम्मेवारी नगरपालिका बोर्डले वहाँलाई दिए । अहिले वहाँ न्यायिक समितिको कुर्सीमा बसेर दिनहुँ अनेकौं प्रकारको झैझडा, सम्बन्ध विच्छेद, लेनदेन, जग्गा खिचौला, अपराधी घटना जस्ता मुद्दाहरु हेर्ने निर्णय गर्ने, मिलापत्र गर्ने गरेको वहाँको लगशिलतालाई सम्मानको आँखाले भोलीका शोषण गर्ने शोषकहरुले हेरिरहेका छन् । समाजमा छुवाछुतको भावना तथा ठूलो सानो जातको भावनाको बीच वहाँलाई राजविराज नगरपालिका जस्तो नगरको न्याय गर्ने अवसर पाएकोले वहाँ आफूलाई पनि सोभाग्यशाली ठान्दछ ।
    जातीय विभेदको कारण मधेशमा खासगरी डोम, चमार, खत्वे, मुसहर, जातीलाई निम्न स्तरको जातीको रुपमा विभेद गर्ने गरेको अवस्थामा घरमा बस्न, पानी पिउन तथा जिउ छुने जस्ता सामाजिक अपराधिक क्रियाकलापको कारण मधेशका यी जातीहरु दिन प्रति शिक्षा, रोजगार तथा अवसरको लाभहरुबाट बञ्चित बन्दै गईरहेको थियो । राज्यमा सामाजिक विभेदीकरणको ठूलो विकराल अवस्था रहेको सन्दर्भमा प्रजातन्त्र पुर्नस्थापना तथा नयाँ नेपाल गणतन्त्रको स्थापना लगायत संघीयताको परिवेशमा मधेश आन्दोलनले मधेशका अधिकारहरुलाई सुनिश्चित गर्ने संगठित गर्ने थालिएको आन्दोलनहरुको उपज रहेको बुद्धिजिविहरुको तर्क रहेको छ । राज्यले विभेदीकरणको आँखाबाट मधेशी समुदायलाई सधैं हेर्ने गरेको सन्दर्भमा मधेशका मधेशी समुदायहरुका टाठा बाठाहरुले तल्लो जात भनेर हेप्ने, हेल्ला मानसिकताको ठुलो जवाफ दिने उदाहरणको रुपमा रेखा देवी मण्डल खत्वे रहेको छ । राज्य समाज देश, काल परिस्थिति तथा रुढीबादी परम्पराको कारणले गर्दा आर्थिक सामाजिक, शैक्षिक, प्रशासनिक क्षेत्रमा विभेदीकरणको सिकार बन्दै गईरहेको दलित, आदीबासी, जनजाति, मुस्लिमहरुको पहुँच स्थानीय तहमा मात्र नभई राज्यको समानुपातिक सिद्धान्तको आधारमा राज्यले आरक्षण र आरक्षित गरेको कारणले गर्दा दलित तथा जनजातिहरुले राज्यको हकमा र अधिकारमा आफ्नो स्थान सुनिश्चित पाएको सन्दर्भमा राज्यका राजनैतिक दलहरुले पनि दलित, आदिबासीहरुलाई आरक्षित सिट छुट्याएको छ । तर आरक्षित सिटमा पुरुष प्रधान मात्रै केन्द्रिकृत गर्ने गरेको दलित महिला, आदिबासी महिलाहरुले विरलै अवसर पाउने गरेको अवस्था देखिरहेको सन्दर्भमा स्थानीय निकाय, प्रदेश सरकार, संघीय सरकारहरुले स्थानीय तह देखि लिएर केन्द्रसम्म दलित महिला, जनजाति महिलाहरुलाई शिक्षाको अवसर समान्ताको रुपमा सरल तरिकाबाट प्रदान होस् भने मनोभावनाको मनोवृत्तिलाई अगाडी बढाउनुपर्ने अवसर दिनुपर्छ । नत्र विभेदीकरणको सिकारमा परिरहेका दलितहरुले शिक्षाको उन्नतीको लागि राज्यले दुरगामी सोचको साथ नितीगत सिद्धान्तहरुलाई अविलम्ब गरी आत्मसात गर्नुपर्ने अवसर देखिएको छ । 
    रेखा देवी मण्डल सामाजिक न्यायको अनुभुति आफूबाट पाएको र समाजमा सामाजिक न्यायको अनुभुतिको लागि सधैं लडिरहने तथा आदीबासी जनजाति, दलित, पिछडिएका महिलाहरुलाई नगरपालिकाको न्यायिक समितिबाट न्यायको अनुभुति पाउनुपर्ने प्रतिज्ञाको साथ आफू कुर्सीमा बसेको वहाँको अटल विश्वास रहेको सन्दर्भमा परिवारको आर्थिक अवस्था श्रीमान्को बेरोजगारीपन तथा चलअचल सम्पत्तीको नाममा घरबास मात्र रहेको अवस्थामा आफू इन्टरसम्म शिक्षा ग्रहण गरेको र भविष्यमा अझै पढ्ने तरखरमा रहेको सहास साथ उहाँले म जस्तै अरु दलित महिलाहरु अगाडी आई शिक्षा ग्रहण गरी न्यायिक जस्तो सन्दर्भको मामलामा न्यायिकको अनुभुति दिन र दिलाउन पाउनुपर्ने आफ्नो उद्देश्य रहेको मण्डल खत्वेनीले बताउँछिन् । यस स्तम्भकारले रेखा देवी मण्डल खत्वेको साहस, मनोवृत्ति र मनोभावनालाई सम्मान गर्ने गरेको अवस्थामा वहाँ जस्तो दलित महिलाले आफ्नो मनोवृत्तिलाई कमजोर नबनाई साहसको परिचय दिएको सन्दर्भमा भविष्यमा अझै राज्य लगायत प्रदेश स्थानीय तहहरुमा दलित महिलाहरुको सुनिश्चित अवसर पाउनुपर्ने अवस्थाको सिर्जना हुनुपर्छ । जसबाट समाजमा न्यायिक परिभाषाको अनुभुति हुन्छ र समाज वर्गीकरणबाट अलग भई नयाँ परिकल्पनाको साथ विकासीय गतिविधिहरुमा सार्थक सिद्ध हुने अनुमान तथा विश्वास गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट