News Category 2076/10/09

मेयर कपको फाईनलमा झुम्का प्रवेश 

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ माघ । 
    सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित मेयरकप २०७६ फुटबल प्रतियोगिताको फाईनलमा रामधुनी स्पोर्टस क्लब झुम्का सुनसरी प्रवेश गरेको छ ।
    प्रतियोगिता अन्तर्गत बिहीवार सम्पन्न पहिलो सेमिफाईनलमा उतरबाहिनी समाजसेवा युवा क्लब बल्टीयाही सिरहालाई शुन्यका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै झुम्का फाईनलमा प्रवेश गरेको हो ।
    झुम्काले प्रतियोगिता अन्तर्गत शुक्रबार हुने दोश्रो सेमिफाइनल एपीएफ २ नम्बर बाहिनी बर्दिबास महोत्तरी र त्रियुगा स्पोर्टस क्लब फत्तेपुर सप्तरीबीचको बिजेतासँग फाइनलमा प्रतिष्पर्धा गर्नेछ ।
    शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीयाको आयोजनामा शुरु भएको प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुर, सुनसरी र मोरंगका बिभिन्न १४ क्लबको सहभागिता रहेको खेलकुद समितिका सचिव श्रवण कुमार चौधरीले जानकारी दिएका छन् । 
    माघ १२ गते हुने प्रतियोगिताको बिजेताले नगद रु. ५५ हजार र कप हात पार्ने छ भने उपबिजेताले नगद रु. ४५ हजार पाउने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट