News Category 2070/12/17

सप्तरीको विषहरियामा भिषण आगलागि एक करोड भन्दा बढीको क्षति

दैनिक समाचारदाता

अमिरनारायण यादव
राजविराज १६ चैत । 
सप्तरीको विषहरिया गाविस ९ स्थित सिग्यिौन टोलमा आइतबार बेलुका ५ बजे भिषण आगलागि हुँदा ५० परिवारको ८० घर जलेर नष्ट भएको छ । 
आगलागिमा कारण खुल्न सकेको छैन् भने १ करोड भन्दा बढी मुल्य बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 
स्थानीय लक्षण मण्डलको घरबाट अचानक सल्केको आगोले सो टोलका सम्पूर्ण घरहरु पूर्ण रुपले जलेर नष्ट भएको हो । 
आगलागिमा कलेश्वर मण्डल, फुलेश्वर मण्डल, महेन्द्र मण्डल, उपेन्द्र मण्डल, तुलाई मण्डल, रामकेवल मण्डल, भुलाई मण्डललगायतको घरहरु जलेर नष्ट भएको छ । आगलागिमा कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
आगलागिमा विदेशबाट पठाएको रकम, गरगहना, खाद्यान्न, लत्ताकपडा लगायत जलेर नष्ट भएको स्थानिय पीडितहरुले जनाएका छन् । आगलागिका कारण घरबहार बिहीन भएकाहरुको कन्तविजोक भएको छ भने कतिपय व्यक्तिहरु बेहोस समेत भएका छन् ।
राजविराजबाट गएको बारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियवासी लगायतले करिब अढाई घण्टा पश्चात् बेलुका ७ बजेमात्र आगोलाई नियन्त्रणमा लिएको थियो । 
यसअघि शनिबारमात्र सप्तरीको छुट्टाछुटै तीन गाविसमा शनिबार दिउँसो भएको आगालगीमा ४२ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । 
जिल्लाको औरही गाविस ७ स्थित कटैया टोलमा दिउँसो २ बजेतिर भएको आगलागीमा १० परिवारको १७ वटा घर, जिल्लाको बरहीविरपुर गाविस ४ स्थित दुई घर र भगवतपुर गाविस ४ स्थित ५ परिवारको ७ वटा घर जलेर नष्ट हुँदा करिब ४२ लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
औरही गाविसका स्थानीय लक्ष्मण साहको घरबाट सल्केको भएको आगलागीमा परी स्थानिय १० परिवारको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो आगलागिमा छिमेकी विजुली प्रसाद यादव, रामप्रसाद साह, श्रीप्रसाद साह, जीवछ यादव, कारी साह, राम अवतार यादव, मटर यादव, रामदेव यादव लगायतको घर जलेर नष्ट भएको छ ।  । 
आगलागी घरमा रहेका खाद्यान्न, नगद तथा जिन्सी गरी करिब २२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी  दिनुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा र राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्रको सहयोगमा साँझ ६ बजे मात्रै आगोलाई नियन्त्रणमा लिएको थियो ।
यस्तै विरपुर गाविस ३ स्थित हाटि टोलमा लागेको आगलागीबाट चार घर जलेर नष्ट हुँदा ९ लाख बराबरको क्षति भएको छ । स्थानीय रामेश्वर साहको घरबाट सल्केको आगो फैलिएर छिमेकी मुख्तार मन्सुरी मियाँलाई बेघर बनाएको हो ।
सो आगलागी पनि प्रहरी, स्थानीयवासी र राजविराज नगरपालिकाको वारुण यन्त्रको मद्दतले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो । शनिबार मध्यान्ह १२ बजेदेखी चलेको हावाहुरीका कारण सो आगलागिलाई नियन्त्रणमा लिन कठिनाई परेको थियो ।
तीन दिनदेखी दिउँसो चलेको हावाहुरीका कारण सप्तरीमा दिनहुँजसो आगलागि हुने गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट