News Category 2070/12/17

१३ औं नेपाल राष्ट्रिय हिन्दी सम्मेलन सुरु उपप्राध्यापक सुरेन्द्र गुप्तासहित सम्मानित

दैनिक समाचारदाता

दैनिक संवाददाता
नवलपरासी, १६ चैत । 
तेह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन नवलपरासीको सदरमुकाम परासीमा सुरु भएको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा पहिलो दिन सम्मेलनको उद्घाटनसहित लेखन र साहित्यका क्षेत्रमा कलम चलाउने १० जना हिन्दी कवि एवम् साहित्यकारलाई सम्मान गरिएको छ । 
सम्मानित हुनेहरूमा डा कृष्णजङ्ग राणा, कवि नन्दलाल मिश्र, सहप्राध्यापक कैलाश महतो, उपप्राध्यापक सुरेन्द्र गुप्ता, साहित्यकार अखिलेश झा, पुनम झा, दिनेश यादव, कवि सजल, रागवेन्द्र श्रीवास्तव, गीतकार श्यामानन्द सिंह र मुस्तफा हसन कुरैशीलगायत छन् ।
सम्मेलनको दोस्रो दिन गणतन्त्र नेपाल र हिन्दी भाषा शीर्षकमा विचार गोष्ठी हुने सम्मेलनका प्रचार–प्रसार संयोजक देशबन्धु यादवले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 
सम्मेलनमा नेपाल र भारतका विभिन्न स्थानबाट करिब २०० स्रष्टाको जमघट हुने बताइएको छ । मुख्यरुपमा दोस्रो दिन हुने कवि गोष्ठीमा भारतीय कवि एवम् साहित्यकारको बढी उपस्थिति रहने बताइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट