News Category 2076/10/11

प्रदेश २ सरकार संकटको भुमरीमा र संजीवनीको खोजी

दैनिक समाचारदाता

प्रदेश २ सरकार संकटको भुमरीमा र संजीवनीको खोजी

अमरनाथ मण्डल
    मधेश आन्दोलनको गर्भबाट जन्मेका प्रदेश २ का सरकार राजपा र समाजवादीको गठबन्धनको आधारमा निर्माण भएका प्रदेश नं. २ का सरकार अहिले संकटको यात्राबाट गुज्रिरहेका छन् । मधेश आन्दोलनको जनादेशको आधारमा मधेश एक प्रदेश आन्दोलनको मुख्य एजेण्डा रहेको सन्दर्भमा ८ जिल्लालाई मात्र २ नं. प्रदेशमा समाहित गरी राजपा र समाजवादीको तथा मधेशवादीहरुको सरकार गठन भई हालसम्म प्रदेश २का सरकार मधेशी पार्टीहरुको बाहुल्यता रहेको सरकार अहिले संकटको अवस्थामा देखिएको सन्दर्भमा भर्खरै समाजवादीले संघीय सरकारबाट बाहिरिएपछि तथा राजपाले नेकपासँग राष्ट्रिय सभामा गरेका २ बुँदे सहमति अनुसार राजपा र एमालेको गठबन्धनले विजय हासिल गरेको सन्दर्भ देखि नै राजपा र समाजवादीमा कुटुल्ता बढ्दै गईरहेको छ । मधेश र मधेशीले दिएको जनादेश मधेश आन्दोलनबाट पाएका निर्देशहरुको पालना गर्नुको साटा दुवै पार्टीहरु एक अर्काको विरोधी बनी मधेश एजेण्डाहरु खतरामा परेको मधेशी बुद्धिजिविहरुले तर्क वितर्क गर्न थालेका छन् । मधेशीको भावना अनुसार राजपा र समाजवादी जसरी आन्दोलनमा एकता गरी आन्दोलनलाई सफल तुल्याएको अवस्थामा संसद निर्वाचनमा पनि एकता गरी समझदारी साथ सिटहरुको साझेदारी गरी निर्वाचन लडेको दुवै पार्टी सफलता हात पारेको तथ्यहरु कसैसँग छुपेको छैन । तर अहिलेको पस्थिति अनुसार राजपा र समाजवादीमा शत्रुता, कुटुल्ता बढ्नु मधेशको लागि दुर्भाग्य हुने देखिन्छ । 
    प्रदेश २ का सरकार मधेशको भावना अनुसार, मधेशको सम्मान अनुसार मधेशीको लागि गर्नुपर्ने कार्यहरुमा अहिलेसम्म सक्रियता नदेखाएको तथा प्रदेशका मन्त्रीहरु गाडीमा झण्डा लगाई रमाउने गरेको र आफ्नो निजी जिवनमा सबभन्दा बढी फाईदाको खोजी तलिन रहेका प्रदेश २का मन्त्रीहरु मधेश र मधेशी आन्दोलनको जनादेशलाई सम्मान गर्न सकेन । फलस्वरुप मधेशका मधेशी समाजहरु बीच प्रदेशका मन्त्रीहरु, प्रदेश सरकार मन जित्न सफल भएन । मधेश आन्दोलनको जनादेशलाई सम्मान गर्नु प्रदेश नं. २ को सरकार प्रमुख दायित्व र कर्तव्य रहेको अवस्थामा प्रदेश २ ले खोजेको विकासीय गतिविधिहरु, सामाजिक गतिविधहरु, शिक्षा र बेरोजगारहरुको गतिविधिहरुमा सक्रिय भुमिका देखिएन । आज प्रदेश २ को सरकार संकटमा रहेको छ । राजपा र समाजवादीको तितोपनको कारण यी दुई पार्टीहरुले संघीय सरकारमा आफ्नो स्थान बनाउन तलिन रहेको अवस्थामा संघीय सरकारको मुखिया प्रधानमन्त्री केपी ओलीले यी दुई पार्टीलाई विपरित ध्रुवीकरण गर्न सफल भएका छन् । जसको कारण प्रदेश २ को सरकारमा अहिले राजपाका केही मन्त्रीहरुलाई हटाउने चलखेल चर्चाको विषय बनिरहेको छ । यदि राजपाको मन्त्रीलाई प्रदेश २ को सरकारले तथा मुख्य मन्त्रीले पदमुक्त गरे भने राजपाले समाजवादीलाई दिएको समर्थन फिर्ता लिने छ । जसको फलस्वरुप राजपा र समाजवादी सहभागिता रहेको सरकार विघटन हुनेछ र राजपासँग रहेका प्रदेश संसद संख्या र नेकपासँग रहेको प्रदेश संख्याको आधारमा दुई नं. प्रदेश सरकार गठन हुने अड्कलवाजी तिब्र रुपमा बढिरहेका छन् । तर यस्तो पस्थितिको उपज भयो भने मधेश आन्दोलनको जनादेशलाई सम्मान नगरेको ठहर हुनेछ । नेकपासँग राजपाले तालमेल गर्नु तथा समाजवादीले हतारमा नेकपाको सरकारमा सहभागी हुनु नै मधेशी नेताहरुको पदलोलुपताको संज्ञा मधेशी बुद्धिजिवीहरु अड्कलवाजी गरिरहेका छन् । पद साताको लागि मधेशका पार्टीहरु फुट्ने टुट्ने गरेको इतिहासलाई एक चोटी फेरि मधेशी नेताहरुले समाजवादी र राजपाको मनमोटावको कारण साता नै रहेको स्पष्ट देखिन्छ । मधेशी जनताले गरेको आन्दोलन प्रमुख माग संविधान संशोधन रहेको अवस्थामा अहिलेसम्म संविधान संशोधनको केही चर्चा नचलिरहेको अवस्थामा मधेश आन्दोलनको प्रमुख माग संविधान संशोधन रहेको त्यो पनि सफलता हात नलाग्नु मधेश आन्दोलन प्रतिको आस्था र निष्ठामा कुष्ठघात नेताहरुले गरेको बुद्धिजिवी मधेशीको ठहर रहेको छ । यता विगतका मधेश आन्दोलनबाट पाएका उपलब्धीहरु संस्थागत गर्नुपर्ने अवसरमा बेलामा मधेशी दलहरु आपसमा फुट्नु मधेशको हितको लागि दुर्भाग्यपूर्ण अवस्था रहेको छ । नेकपाले समाजवादीलाई सरकारमा सामेल गरी पछि सरकारबाट बाहिरिनु वातावरण मिलाउने काम नेकपाले गरेको कारणले समाजवादीले दिएको मन्त्री पदको राजीनामा आएपछि राष्ट्रिय सभाको निर्वाचन सँगै राजपा र नेकपाले गरेको गठबन्धनले संघीय सरकारमा राजपालाई सम्मिलिन गराउने चलखेल शुरु भएका छन् । यसै अनुरुप नेकपाले केही दिन पूर्व राजपालाई सरकारमा सम्मिलिन हुन आग्रह पनि गरि सकेका छन् र यता प्रदेश २ मा नेकपा र राजपाको सरकार बनाउने चलखेल शुरु भएका छन् । यसबाट स्पष्ट के देखिन्छ भने मधेशी दलहरुहरुलाई एक ढिकामा एक ठाउँमा एकतृत हुन बाधक बनि रहेको नेकपा आफूलाई चतुर खेलाडीको रुपमा सार्थक सिद्ध गरिरहेका छन् ।
    राजपा र समाजवादीका नेताहरुले राजनैतिकमा कोही कसैको दुश्मन, दोस्त हुँदैन भने बक्तव्यवाजी गरिरहेको अवस्थामा मधेश आन्दोलनले तथा मधेशले दिएका आफ्नो मतको सम्मान जनादेशको सम्मान के मधेशी नेताहरुले गरिरहेको छन् भने प्रश्नहरु खडा भएका छन् । कुनै पनि अधिकारको आन्दोलनमा धैर्यता राख्नु पदबाट टाढा राख्नु तथा संघर्षलाई बलियो बनाउनु आधारहरु दक्षिण अफ्रिकाका विभेदीकरणका लडाई लडेका नेनसन मण्डेलासँग सिक्नुपर्ने बेला आएको छ । त्यस्तै भारतको स्वतन्त्रता संग्राममा महात्मागान्धीले नआत्ती, नघबराई, नसाताको लोभमा नपरी आफ्नो आन्दोलनलाई बलियो बनाउँदै गएको कारण ब्रिटिस अंग्रेजहरुले भारत छाडेका थिए । त्यस्तै हाम्रै देशमा प्रजातान्त्रिक आन्दोलनका योद्धा विशेश्वर कोइराला, कृष्ण प्रसाद भट्टराई जस्तोसुकै परिस्थितिमा पनि राजासँग तालमेल नगरी सधैं प्रजातन्त्र आन्दोलनको लागि संघर्षरत रहेको कारण उनीहरु नेपालमा प्रजातन्त्र स्थापना गर्न सफल भए । 
    कुनै पनि अधिकारको लडाई वर्षौ वर्ष देखि चल्ने गरेको इतिहासले देखाएको छ । जुन आन्दोलनकारीले, जुन आन्दोलनरत नेताले धैर्यता राखे उनीहरु सफलताको बाटो चढ्न पाए । हामी मधेशी समुदाय वर्षौ वर्ष देखि विभेदमा परेकोले हामी माथि विभेदीकरणको सिद्धान्तहरु शासक वर्गहरुले वर्षौ देखि लादि रहेको अवस्थामा हरेक अवसरहरुबाट मधेशी समुदायलाई सधैं बञ्चित बनाई विभेद गरेको कारणले गर्दा तीन–तीन वटा मधेश आन्दोलन भएको छ । मधेश आन्दोलनले देखाएका बाटोहरु तथा साता पक्षबाट भएका सहमतिहरु साता पक्षले सधैं धोखा दिएको अवस्थामा हामीलाई सधैं नेपालको दोश्रो नागरिकको रुपमा नागरिकताको समस्या, लोकसेवामा समान्ता, निजामति कर्मचारीहरुमा साझेदारी, र विकासीय गतिविधिहरुमा साझेदारी लगायत सम्मानजनक नागरिकको जीवनयापन गर्न पाउनुपर्ने हक मधेश आन्दोलनले निर्देशित अवस्थामा हामीले सफलता हात पार्ने समय बेलामा हामी बीच फुट् हुनु दुर्भाग्यपूर्ण रहेको देखिन्छ । त्यसैले अहिले पनि समय रहेको छ । प्रदेश २ का सरकारलाई याथावत राख्न केही बुद्धिजिवि मधेशीहरुले पहल सुरु गरिसकेका अवस्थामा अन्य संघ संस्था बुद्धिजिविहरु नागरिक समाजहरु प्रदेश २ का सरकारलाई यथास्थितिमा राख्न एउटा दवावमुलक अभियानको रुपमा संजीविनीको खोजी गर्नुपर्ने अवस्था देखिन्छ । नत्र मधेशका यी दुई दल बीच आपसी विवादको कारण तथा सात्ता मोहको कारण मधेश र मधेशी विश्वास माथि ठूलो घात हुने ठहर मधेशी बुद्धिजिविहरुको ठहर रहेको छ । मधेशी जनताले यी दुई पार्टीको सरकार प्रदेशमा रही मधेश सरकारके प्रदशको नामांकरणको साथ मधेशी जनताको लागि मधेशका यावत समस्यालाई समाधानतिर उन्मुख गर्नुपर्ने अवस्थामा यिनीहरुबीच फुट हुनु दुर्भाग्यपूर्ण रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट