News Category 2076/10/14

सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान

दैनिक समाचारदाता

सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान

दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
    सप्तरी ११ बर्षिय बाल क्रिकेटर गोलु सिंहलाई सबल नेपालले मंगलबार खेल सामाग्री प्रदान गरेको छ । 
    हालै  राजबिराजमा सम्पन्न अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरे वापत उनलाई खेल सामाग्रिह प्रदान गरेको सबल नेपालले जनाएको छ ।
    सबल नेपालले मुख्य कार्यालय राजबिराजमा आयोजित एक कार्यक्रममा बाल क्रिकेटर गोलु सिंहलाई एक थान ब्याट, एक जोड क स्प्याड, एक जोड ब्याटिंग ग्लब्स, एक थान हेल्मेट, एक थान बल र एक थान गाड प्रदान गरिएको हो । 
    सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरि ईमरजिंग प्लेयर समेत बन्न सफल भएको उनको परिवारिक अवस्था समेत न्युन भएकोले हौसला प्रदान गर्न खेल सामाग्री बितरण गरिएको सबल नेपालका अध्यक्ष जुना गिरीले जानकारी दिइन् । 
    यता सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले बाल क्रिकेटर सिंहको आर्थिक अवस्थामा समेत कमजोर रहेकोले सवैले सक्दो सहयोग गर्नु पर्ने जिकिर गरेका छन् । 
    सोही कार्यक्रममा पिसि कम्प्युटर राजबिराजका प्रोपराईटर धर्मेन्द्र यादवले समेत एक थान जर्सि सेट प्रदान गरेका छन् । 
    सामाग्रि बितरण कार्यक्रममा सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, सबल नेपालकै परमेश्वर झा र अशोक साह तथा जिल्ला बाल क्लब संजाल सप्तरीका पुर्व अध्यक्ष अमर यादव लगायतको उपस्थिती रहेको थियो ।
    बाल क्रिकेटर सिंह राजविराजस्थित केशो अनिरुद्धबत्ति माध्यमिक बिद्यालयमा कक्षा ४ मा अध्यनरत छन । उनका बाबु छैनन् भने आमा एक निजि बिद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत छिन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट