News Category 2070/12/18

बमकाण्डको छानविन आयोग गठन गर्न सद्भावनाको माग

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १७ चैत । 
जनकपुर बमकाण्डमा आफ्ना नेतालाई फसाउन खोजेको भन्दै सद्भावना पार्टी सप्तरीले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
सद्भावना पार्टी सप्तरीले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै घटनाको निष्पक्ष न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको हो ।
घटनाको दुई बर्ष पश्चात आफ्ना नेता सञ्जय कुमार साहलाई उक्त घटनामा मुच्छेर फसाउन खोजेको भन्दै ज्ञापनपत्रमा दुईबर्ष अघि दायर मुद्दामा अभियुक्त नरहेको ओमप्रकाश यादवबाट सभासद् साहको नाम पौलन लगाई षडयन्त्रपुर्वक फसाउन लागेको बुझ्न आएको उल्लेख छ ।
दोषीलाई कार्वाही गर्न र निर्दोषलाई नफसाउन माग गर्दै पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उक्त घटनाको न्यायिक छानबिन अबिलम्ब गठन नभए आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट