News Category 2070/12/19
हिन्दु धर्मलाई समाप्त पार्र्न तीन शक्ति लागि परेका छन् ः सिंघल
दैनिक संवाददाता
राजविराज, १८ चैत ।
बिश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय संरक्षक अशोक सिंघलले बिश्वबाट हिन्दुधर्मलाई समाप्त पार्न इसाई, इस्लामिक र कम्युनिष्ट शक्ति गरी तीन शक्ति लागि परेको बताउनुभएको छ ।
सप्तरी सदरमुकाम राजविराज मंगलबार साँझ आईपुग्नु भएका संरक्षक सिंंघलको सम्मानमा स्थानिय साह धर्मशालामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बोल्नुहुँदै सिंघलले बिश्वबाटै हिन्दुधर्मलाई बिस्थापन गर्न नेपालाई धर्मनिरीपेक्ष राष्ट्र बनाईएको आरोप समेत लगाउनुभयो ।
नेपाललाई हिन्दुराष्ट्रको रुपमा पुर्नस्थापित गराउन नेपालका हिन्दुधर्मालम्बीहरु एकजुट भएर संघर्ष गर्नुको बिकल्प नरहेको बताउनुहुँदै ८८ वर्षिय सिंघल बिश्वबाट हिन्दु धर्मको अस्तित्व समाप्त पार्न रातारात नेपाललाई धर्मनिरीपेक्ष राष्ट्र घोषणा गरिएको बताउनुभयो ।
जातजाती, सम्प्रदायिक, भाषा र संस्कृति रुपमा बिभाजित हिन्दु समाज एकजुट नभए हिन्दुधर्मको अस्तित्व समाप्त हुने बताउनुहुँदै सिंघलले जातजाती, सम्प्रदायिक, भाषा र संस्कृति भन्दामाथि उठेर हिन्दुधर्मको रक्षाका लागि हिन्दुप्रेमीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
सो अवसरमा बिश्व हिन्दु परिषद् नेपालका अध्यक्ष डा. शशी थापाले ९० प्रतिशत हिन्दुधर्माबलम्बीहरु माथि आक्रमण गरी नेपाललाई धर्मनिरीपेक्ष राष्ट्र बनाइएको आरोप लगाउँदै त्यसबिरुद्ध हिन्दुप्रेमीहरु संघर्ष गर्नुपर्ने बताउनुभयो ।
बिश्व हिन्दु परिषद् सप्तरीका अध्यक्ष जोगेन्द्र भगतको अध्यक्षतामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बिश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय संरक्षक अशोक सिंघललाई हिन्दुप्रेमी तथा नागरिक समाजले अभिनन्दन गरेका छन् ।
नागरिक अभिनन्दन कार्यक्रममा नागरिक समाजका तर्फबाट पुर्वप्रअ बिजयानन्द झाले नागरिक अभिनन्दन पत्र प्रदान गर्नुभयो भने सनातन हिन्दु धर्म सप्तरीका अध्यक्ष झुमरमल्ल मुन्धडा, ठाकोदेवी भगत, उद्योगपति सिताराम कावरा लगायतले संरक्षक सिंघललाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो भने राजयोग सेवा केन्द्रका तर्फबाट इश्वरीय सौगात प्रदान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
- 2081/01/10 छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
- 2081/01/07 सरोकारबाला एकजुट भए बालविवाह चाडै नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
- 2081/01/07 राससले पायो लालपुर्जा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ