News Category 2076/10/22

राजपा र समाजवादीबिच  एकताका लागि वार्ता आवश्यक

दैनिक समाचारदाता

राजपा र समाजवादीबिच  एकताका लागि वार्ता आवश्यक

अमरनाथ मण्डल
    महान मधेश आन्दोलन मधेश विद्रोहले दिएको जनादेश अनुसार मधेश र मधेशीको हित र अधिकारको लागि राजनैतिक परिवर्तन क्रान्तिको प्रक्रिया तथा आर्थिक, सामाजिक, संस्कृतिक, साँस्कृतिक अमुल परिवर्तन लगायत स्वतन्त्रता विभेदीकरणको अन्त्य, मौलिक हकको प्राप्तिको लागि थालिएको मधेशमा ऐतिहासिक मधेश आन्दोलन तथा मधेश विद्रोहले गरिएको निर्देशितहरुले तत्कालिन फोरम हाल समाजवादी र राजपा बीच इतिहासिक रुपमा एकताको अपरिहार्य आवश्यकता रहेको देखिन्छ । महान शहिदहरुको बलिदानी तथा वहाँहरुले गरेको त्यागको भावना र मर्मलाई सम्मान गर्नुपर्ने अवस्थामा अहिले राजपा र समाजवादीको बीच कटुल्ता बढिरहेको अवस्थामा मधेशी जनताहरु चिन्तित बन्दै गईरहेका छन् । समय समयमा मधेश विद्रोह, मधेश आन्दोलन, जनजाति आन्दोलनहरुले वर्षौ वर्ष देखि शोषण र उत्पीडनमा परेका जातजाति भाषा भाषीहरुको सम्मान हक, सम्मान अधिकार, राज्यमा साझेदारीका सवालहरु लिएर गरिएका आन्दोलनहरुको जनादेशको माध्यमबाट प्रदेश २ सरकारको निर्माण भएका सन्दर्भमा अहिलेको परिस्थिति हेर्दा खेरी मधेश आन्दोलनको जनादेशको लक्ष्य र उद्देश्य पुर्ति नभएको अवस्थामा मधेशवादी पार्टी र राजपा समाजवादी बीच आपसी फुट मनमोटाव र तितोपनको कारण शासक वर्गहरुले शासन गर्ने नीति अख्तियार गर्न सक्ने अनुमान मधेशी विज्ञहरुले गर्न थालिरहेका छन् । 
    समाजवादीले हतारमा सरकारमा जानु र मन्त्री मण्डलमा सामेल हुनु तथा राजपाले नेकपासँग दुई बुँदे सहमति गरी राष्ट्रिय सेवामा नेकपासँग तालमेल गरी निर्वाचन लड्नुका कारणले गर्दा मधेशका जनताहरु मधेशमा भएका विद्रोहको प्रमुख कारक नेकपा रहेकोले नेकपा भित्र नै साठगाठ गर्नु मधेशवादी पार्टीहरुको नीतिका कारक केही मधेशी दलहरुबीच ठूलो फुटको खाल्टो निर्माण गर्न शासक वर्गहरु सफल भईरहेको चिन्तित तथा चिन्तन मनन गर्न थालेका छन् । मधेशी जनताहरु मधेशको भावना अनुसार राजपा र समाजवादीको एकता र आपसी समझदारी कारणले गर्दा मधेशी जनताहरु यी दुई पार्टीलाई मधेशमा जनादेश दिएको त्यसको फलस्वरुप मधेशमा दुई नं. सरकारको मधेशवाद पार्टीहरुको बचश्र्व रहेको अवस्थामा पार्टीहरुको बीचमा फुट हुनु कदापी कसैको हितमा नरहेको ठहरहरु गरिरहेका छन् । 
    मधेशमा मधेशवादका यी दुई पार्टी आन्दोलनको बेला धेरै जटिलताहरुलाई सहज गर्दै मधेश आन्दोलनलाई उचाईको शिखरमा पु¥याउने अहम् भुमिका निर्वाह गरेको अवस्थामा अहिले समाजवादीको अध्यक्ष उपेन्द्र यादवले यस स्तम्भकारसँग कुरा गर्दै राजपाले अहिले पनि वार्ताको प्रक्रियालाई अगाडी बढायो भने वार्ता हुन सक्ने सम्भावना बढ्ने छ । राजपा सरकारमा जानु नजानुको औचित्य नरहेको सन्दर्भमा वार्तामा कुनै किसिमको बाधा अवरोध नहुने समाजवादीका अध्यक्ष यादवले यस स्तम्भकारसँग आफ्नो जिकिर राख्नु भएको थियो । त्यस्तै यस स्तम्भकारसँग राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राष्ट्रिय सभा निर्वाचनसम्म नेकपासँग दुई बुँदे सहमति भएको अब यो सहमतिको निरन्तरता नरहेकोले राजपाको कुनै तालमेल नेकपासँग नरहेको जिकिर गर्नुभयो । एउटै मानसिकता, एउटै भावना एकताको रहेको सन्दर्भमा ती दुई  मधेशपार्टी बीच किन एकता नभई रहेको र किन एकताको पहल अगाडी बढिरहेको चासो सर्वत्र उठिरहेका छन् । मधेश आन्दोलनको मधेश विद्रोहको जनादेशलाई सम्मान गर्नु यी दुई पार्टीको अह्म उद्देश्य र कर्तव्य रहेको कारण अहिले देशमा मधेश आन्दोलनबाट उठेका मुद्दाहरु संविधान संशोधन मधेशको हित अधिकार विदेभीकरणको अन्त्यहरुको प्रक्रियालाई राज्य पक्षले बेवास्ता गर्दै आई रहेकोमा नेकपा पार्टीका मुखिया तथा प्रधानमन्त्री केपी ओली षड्यन्त्रपुणर््ाक राजपा र समाजवादीलाई सरकारमा सहभागिता गराई एक अर्का बीच बिरोध लडाई भिडाई मधेशी दलहरुको बीचमा फुटगुटको स्थिति सिर्जना गर्ने मनोस्थितिमा रहेको देखिन्छ । वार्ताको लागि राजपा र समाजवादीमा रहेका नेता तथा कार्यकर्ताहरुको मनोभावना वार्ता पक्षमा रहेकाले उपेन्द्र यादव तथा राजेन्द्र महतो लगायत यी दुवै पार्टीका सर्वोच्च नेताहरुको मनोभावना पनि वार्ता तिर उन्मुख रहेको अवस्थामा वार्ता नहुनुको कारक के रहेको छ भने राज्य पक्ष तथा शासक वर्गहरुले यी दुवै पार्टीलाई फुटगुटमा राखी एक पछि एकलाई सरकारमा सहभागिता गराई मधेश र मधेशी जनता समक्ष मधेशी दलहरुलाई दोषी रहेको ठहर गर्ने तिर बढी देखिन्छ । यस्ता सवालहरुसित सावधान र सचेत रही राजपा र समाजवादीले एकताको अपरिहार्यताको आवश्यकता हेरी नेताहरुले लचकता अपनाई एक अर्काको अस्तुत स्वीकार गरी मधेश मधेशीको भावना केन्द्र विन्दु रहेका यी दुई पार्टीको एक ठाउँमा मिलन विन्दु भई मधेशमा ठूलो शक्तिको निर्माण गरी नेपालको वैकल्पिक निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । मनोभावना, मनोदिशा, सिद्धान्त र नीति मधेश प्रति एक रहेको अवस्थामा आपसी फुटको कारण मधेश भावनाको अनुकुल वातावरण तथा मधेशमा अधिरकार प्राप्तिको आन्दोलनहरुलाई एक रुपताको साथ एक ढिकामा एक मञ्चमा एक ठाउँमा उभि शासक वर्गसँग लडाई लड्नुपर्ने अवस्था रहेको देखिन्छ । साता मोह, कुर्सी मोह, पदलोलुप्तालाई त्यागी मधेशको भावना अनुसार, मधेशको आवाजलाई सम्मान गर्नु तथा मधेशका प्रमुख सवाल संविधान संशोधन नागरिकता समस्या विभेदमा परेका जातजातिहरुको अधिकारको सुनिश्चितता गर्नु रहेकोले एक आपसको गाँठोलाई मजबुत पारी बलियो बनाई एक स्वरमा सदन देखि सडकसम्म एक रुपताको साथ स्वरहरुलाई शंखनाद गरी आवाजहरु बुलन्द पार्नुपर्छ । त्यसै कारण राजपा र समाजवादीमा एकता अपरिहार्य रहेको अवस्थामा एकताको कुनै किसिमको बाधक सिर्जना नरहेको सन्दर्भमा यी दुवै पार्टीले एकताको प्रक्रियालाई अगाडी बढाउनुपर्ने समय र क्षण रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट