News Category 2070/03/11

स्लाइस पिउनेहरु सावधान !

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० असार ।
अहिले गर्मीको समय हो । गर्मी छल्न हामी बिभिन्न किसिमको काम गर्दै विदेशबाट आयातित बिभिन्न किसिमका पेय पदार्थहरु पिउने गर्दछौं । तर, ती पेय पदार्थहरु कुन केमिकल्सको प्रयोग गरी बनाइएको हुन्छ ? हामीमध्ये अधिकांसलाई जानकारी हुँदैन् ।
बिना जानकारी हामी पेय पदार्थहरु पिउँदै जाँदा त्यसभित्रका केमिकल्सहरुका कारण मन्दबिषजस्तै दैनिक रुपमा प्रयोग गर्न बाध्य भएका छौं । यसको पछिल्लो दृष्टान्त बनेको छ, ‘स्लाइस ।’
राजविराजको एक पसलबाट सोमबार भेट्टाएको एउटा स्लाइसको बोतलभित्र एउटा कालो पदार्थ फेला परेको छ । ‘ती कालो पदार्थ कुनै किरा पनि भएको हुन सक्छ’ ती पसलले भने, ‘‘बिर्काे खोलिएको छैन । खोलेपछि किरा अथवा अन्य कुनै सामान वा अन्य हानिकारक वस्तु पनि हुन सक्दछ ।’’
स्लाइसको बोत्तलभित्र फेला परेको वस्तुका कारण स्लाइसको रंग पनि परिबर्तन भइसकेको छ । पहेंलो रगबाट स्लाइस कालो रंगमा परिणत भएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट