News Category 2076/11/02

राजपा नेपालका नेताको दिल्ली यात्रा

दैनिक समाचारदाता

राजपा नेपालका नेताको दिल्ली यात्रा

अमरनाथ मण्डल
    मधेश आन्दोलनको जनादेश अनुसार मधेशको हक अधिकार सुनिश्चित गर्ने अभिभारा राजपा र तत्कालिन फोरम पार्टी र हाल समाजवादी पार्टी जिम्मा मधेशी जनताहरु तथा मधेश आन्दोलनले निर्देशित गरेका अवस्थामा स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारमा अपार मतको साथ मधेशका जनताले जनमत प्रदान गरेका छन् भने मधेश आन्दोलनका मुल भावना र उद्देश्य संविधान संशोधन लगायत विभेदमा परेका जाति र वर्गहरुको अधिकार प्राप्तिको दिशानिर्देश आन्दोलनले प्रदान गरेको अवस्थामा त्यस अनुरुप सामाजवादी र राजपाको समीकरण मधेशमा मधेशको अधिकारको लागि एकरुपताको साथ अगाडि बढाउनु पर्ने अवधारणाको साथ मधेशी दलहरुलाई मधेशी जनताले जनादेश दिएका थिए । हालसम्म राजपा र समाजवादीको प्रदेश नंं २ मा सरकार रहेको र सो सरकार मधेश आन्दोलनको मर्म र भावना अनुसार गठन भएको सन्दर्भमा अहिले समाजवादीका अध्यक्ष उपेन्द्र यादवले नेकपाको सरकारमा हतारमा सहभागिता भई गरेका भुलहरु आप्mनै ठाउँमा मधेशी जनताको मर्म र भावना अनुरुप सार्थक नरहेको त्यसबेला चर्चा र परिचर्चाको शिखरबिन्दुमा पुगेका थिए भने संविधान संशोधन संशोधनको नाउँमा उपेन्द्र जीको सरकारमा सहभागिता हुनु अहिले घातक सिद्ध भएका उहाँ आफु पनि महशुस गरिरहेका सन्दर्भमा राष्ट्रिय सभाका निर्वाचनमा राजपाले नेकपासँग दुई बुँदे सहमति पनि मधेश आन्दोलनको मर्म विपरीत रहेको मधेशी जनता माझ चर्चाको शिखरबिन्दूमा पुगेको अवस्थामा अब राजनैतिक विशलेषकहरुको अनुमान अनुसार राजपाले संघीय सरकारमा सहागिता हुने चर्चा परिचर्चाको बीच तर्कहरु अघि सारेका छन् । यसैक्रममा प्रदेश २ का सरकार नेकपा र राजपाको गठबन्धनबाट बन्ने अनुमानहरु आफ्नो ठाउँहरुबाट गरिरहेको छ । तर अहिलेको परिस्थितिमा यस्तो परिस्थितिको निर्माण भयो भने मधेश आन्दोलन विपरीत हुने ठहर मधेशी जनताहरुले गरिरहेका छन् । 
    प्रदेश २ का सरकार परिवर्तनको सँगै केन्द्रीय सरकारमा राजपाको सहभागिता हुने चर्चा परिचर्चाको अवस्थामा राजपाका शिर्ष नेता राजेन्द्र महतो र शरदसिंह भण्डारी लगायत नेताहरु दिल्ली दरबारमा पुगेको चर्चा रहेको छ । यसै सन्दर्भमा नेपालका राजनीतिमा नेकपाका नेता तथा प्रधानमन्त्री  केपी ओली अहिले भारतसँग फेरी सम्बन्ध बनाउन सफल भईरहेको अवस्थामा राजपालाई दिल्ली दरवारको निर्देशन निर्देशित हुने अडकलवाजीहरु भईरहेको सन्दर्भमा राजपा नेताहरुको दिल्ली यात्रा अहिले चासोको विषय बनेका छन् । 
    यता केही संचारमाध्यमहरुमा राजपाका प्रदेश २ का संसदीय दलका नेता तथा मन्त्री जितेन्द्र सोनल र राजपाका महासचिव मनिष समुनलाई मुख्यमन्त्री पदमा नेकपासँग साँठगाठ गरी यी दुई नाउँ मुख्यमन्त्रीको लागि चर्चा चलिरहेको अवस्थामा राजपाको अधिकारिकता निर्णय तथा कुनै किसिमको प्रतिक्रिया नआएको सन्दर्भमा यस्ता कुराहरुमा चर्चा लिनु चर्चाको सत्यतामा बल रहेको अनुमान गरिरहेका छन् । नेकपाले पहिले समाजवादीलाई सरकारमा सहभागिता गराई पछि सरकारबाट बाहिर मन्त्री पद विस्तार गरी कानून मन्त्रीमा उपेन्द्रजीलाई बहाल गरी सरकार छोडन संकेत गरेको तथा पछि राष्ट्रिय सभामा राजपासँग साँठगाठ गरी निर्वाचन क्रममा सहमतिको विन्दुमा गई निर्वाचन लडेको र जितेको अवस्थामा राजपालाई सरकारमा सहभागिता गराउने चाल रहेको अनुमानको साथ अगामी दिनमा राजपालाई पनि समाजवादी जस्तो अवस्थामा पुगाई मधेशी जनता समक्ष मधेश एजेन्डाको सम्मान राजपा र समाजवादीले नगरेको देखाउँन खोजेको मधेशी बुद्धिजीविको तर्क रहेको छ । वर्तमान परिस्थितिमा कुनै पनि देशमा कुनै अधिकारको लडाईको लागि धैर्यता र लगनशिलताको सिद्धान्तलाई पालन गरी विभेदिकरण तथा विभेदमा परेका जातजातिका लडाईहरु दक्षिण अफ्रिकाका उदाहरण हाम्रो सामु छ । 
    दक्षिण अफ्रिकाका नेता नेनशल मण्डेलाले ६० वर्षसम्म कुनै सत्ता मोहमा नपरी विभेदको लडाई लडेको इतिहासले देखाएका छन् भने भारतका स्वतन्त्रता संग्राममा महात्मा गाँधीले अंग्रेजहरुलाई भारत छोड्न ठुलो आन्दोलनको शुरुवात गरी आन्दोलनको विसर्जनसम्म तथा अधिकार प्राप्तिसम्म कुनै पनि सम्झौता अंग्रेजहरुसँग नगरेको इतिहासिक प्रमाणहरु हाम्रो सामु बितिदै रहेको अवस्थामा अधिकारी प्राप्ति तथा संघर्षहरुको लडाईमा सत्ता मोह, कुर्सि मोहहरुलाई कुनै पनि स्थानको ग्राहयता हुदैन । हाम्रै देशमा राणा शासन, पंचायती शासनका अन्तका लागि वर्षौ वर्षदेखि लडेका लडाईहरुमा कुनै पनि सहमतिको आधारहरुबाट आन्दोलनकारीहरु शासकवर्गको सत्तामा सहभागिता देखिएको छैन । तसर्थ मधेश, मधेश आन्दोलन, मधेश विद्रोह भइरहेको सन्दर्भमा शासकवर्गहरुबाट समय समयमा गरिएका सहमतिहरुको कार्यान्वयन शासकहरुबाट पालना नभएको अवस्थामा भर्खरै सम्पन्न भएका ६ महिनासम्म चलेका महान मधेश आन्दोलनमा सयौं शहिदको शहादत तथा वलिदानी हजारौ लडाकु आन्दोलनकारीहरुको घाइते हुनु र सयौंभन्दा बढी आन्दोलनकारीहरुले केही जेलमा बसी केही मुद्दा खेपिरहेको अवस्थामा मधेशका, मधेशी जनताका आस्थाका केन्द्र रहेका मधेशी पार्टीहरुको सत्ता मोह र पदलुप्तताको कारण मधेशी जनताहरुले मधेशमा निराशको वातावरण छाएको छ भने सधैं कुनै पनि सम्झौताको कार्यान्वयन नगर्ने सरकार र शासक वर्ग विरोध फेरी आन्दोलन नहुने भन्न नसक्ने अवस्था रहेको सन्दर्भमा आन्दोलनकारीहरु मधेशी पार्टीहरु यसरी जालझेल सत्ता मोहमा फस्नु मधेशको हितमा कहिले पनि सार्थक सिद्ध नहुने विश्वास गरिन्छ । 
    नागरिकता समस्या, आरक्षण समस्या लगायतका कतिपय समस्याहरु समाधानको पर्खाइमा अहिले पनि रहेको अवस्थामा यस्तो जटिलताको परिस्थितिबाट मधेशी दलहरु आप्mनो पार्टी नितीलाई संचालन गर्नु निर्देशित गर्नु मधेशको हितको लागि सार्थक सिद्ध नहुने विश्वास गरिन्छ । मधेशी नेताहरु दिल्ली यात्रा मधेश आन्दोलनको पक्षमा होस् तथा मधेशका यी दुई पार्टीहरुको बीच दिल्ली भ्रमणले सार्थक सिद्ध गरोस् नत्र यी दुवै पार्टीको बीच फुटले गर्दा मधेशका आन्दोलन र अधिकारहरुको लडाई पूर्ण रुपमा प्रभावित हुने निश्चित देखिन्छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट