News Category 2070/12/23

झोले व्यवसायी संघका कारण यातायात सञ्चालन गर्न कठिनाई ः अध्यक्ष अंसारी

दैनिक समाचारदाता


राजविराज÷सगरमाथा यातायात व्यवसायी संघ सप्तरीका अध्यक्ष नुरुलहोदा अन्सारीले सगरमाथा यातायात संघ निष्पक्ष र बिधान अनुरुप सञ्चालन हुने व्यवसायी संघ भएकाले आफुहरुको प्रहरीसँग कुनै मतभेद नरहेको बताउनु भएको छ । 
शनिबार एक प्रेस विज्ञप्ति जारि गर्दै उहाँले यातायात सञ्चालकको नाममा रहेका केही झोले व्यवसायी संघका कारण यातायात सञ्चालन गर्न कठिनाई भईरहेको जानकारी दिनुहुँदै त्यस्ता संस्थालाई खारेजको माग गर्नुभएको छ । 
सोही विज्ञप्तिमा पुर्वी हिमाली यातायात संघको बिवाद सम्बन्धि समाचारमा केही सञ्चारमाध्यमहरुले आफ्नो नाम र संस्थाको नाम समेत समाबेश गरिएको प्रति दुख ब्यक्त गर्नुभएको छ ।
यसअघि शुक्रबार पूर्वी हिमाली यातायात संघका अध्यक्ष जागेश्वर प्रसाद यादवले केही बस सञ्चालकहरुको कारण बस सञ्चालनमा समस्या भएको बताउनु भएको छ ।
उहाँले प्रहरीको मिलोमतोमा केही बस सञ्चालकहरुले राजविराज–धरान सञ्चालन हुँदै आएको देविका ट्राभल्सलाई जर्वजस्ती अरु बसको समयमा सञ्चालन गराएको आरोप लगाउनुभयो । 
अध्यक्ष यादवले यातायात संघको नियम विपरित प्रहरीको मिलोमतोमा बस सञ्चालन गराएका कारण यातायात सञ्चालनमा समस्या भएको आरोप समेत लगाउनु भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट