News Category 2071/01/02

अग्निपीडित परिवारलाई राहत प्रदान

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १ बैशाख । 
सप्तरीको जमुनी मधेपुरा गाविस ६ थलहीका अग्निपीडितहरुलाई सोमबार पनि राहत प्रदान गरिएको छ । जनज्योति कृषि सहकारी संस्था लिमिटेड मलेठ सप्तरीले खाना पकाउने भाडा प्रदान गरेको छ । 
संस्थाका शेयर सदस्यहरुले जम्मा गरेको रकमले प्रति परिवार एक थान बाल्टीन, डोरी र खाना पकाउने कन्ती प्रदान गरेको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिनुभयो । ती सामानहरु मध्ये आगलागीमा जलेर मृत्यु भएकी दुई वर्षिया बालिका रुकसाना खातुनका पिता असलम मियाँलाई नदग रु. २ हजार ५ सय समेत प्रदान गरिएको छ । 
यसअघि आइतबार छिमेकी गाविस मलेठका बासिन्दाहरुले संकलन गरी पठाएका राहत सामाग्री पूर्व गाविस उपाध्यक्ष हाजी नथु मियाँले अग्निपीडित परिवारलाई प्रदान गर्नुभयो । 
प्रति अग्निपीडित परिवारलाई ७ केजी गहुँ, साढे ५ केजी चामल, एक केजी नुन र तेल प्रदान गरेका थिए । यस्तै रेडक्रस सप्तरीले खाना पकाउने भाडाकुँडा र दुई दुई प्रति साडी प्रदान गरेको छ । 
यस्तै अग्निपीडित बिजोग भनेर समाचार संचारमाध्यमहरुमा प्रसारित तथा प्रसारणमा आएपछि राजविराजकी चिकित्स डा दिपा यादवले ५ केजी मुरही, दुई केजी च्युरा र दुई दुई प्रति साडी प्रति अग्निपीडित परिवारलाई प्रदान गर्नुभयो । 
यसअघि मारवाडी सेवा समिति, नेपाल रेडक्रस सोसाइटी र उद्योग बाणिज्य संघ सप्तरीले छुट्टाछुट्टै राहत बितरण गरेका थिए । 
गत बिहीबार दिउँसो भिषण आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । स्थानिय असलम मियाँको दुई बर्षीया छोरी रुकसाना खातुनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो आगलागिमा स्थानिय ७८ परिवारको सय भन्दाबढी घर जलेर नष्ट हुँदा २ करोड भन्दा बढीको क्षति भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट