News Category 2071/01/05

छिन्नमस्तामा लक्ष्य चण्डी यज्ञ हुने

दैनिक समाचारदाता

दैनिक संवादादता
राजविराज, ४ बैशाख । 
सप्तरीको छिन्नमस्ता मन्दिर प्राङ्गणमा लक्ष्य चण्डी यज्ञ हुने भएको छ । मन्दिर विकास समितिका कार्यबाहक अध्यक्ष एवं पिठाधिश महाकान्त ठाकुरले बिहीवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त यज्ञबारे जानकारी गराउनु भयो । 
यज्ञ हुने मिति तय नभएपनि यही वर्षभित्रै गराउने योजना रहेको पिठाधिश ठाकुरको भनाई छ । देशमा शान्ति र संविधान निर्माणकालागि आयोजना गर्न लागेको उक्त यज्ञमा झण्डै १६ देखि १९ करोड रुपैयाँ खर्चिनेछ । उक्त यज्ञकालागि घ्युमै करिब ९६ लाख रुपैयाँ खर्च हुने पिठाधिश ठाकुरले जानकारी दिनुभयो ।
यस्तै छिन्नमस्ता भगवती मन्दिर प्राङ्गणमा प्रत्येक वर्ष सामुहिक उपनयन र बिना दहेजको सामुहिक विवाह गराउने कार्यक्रमसमेत आयोजना गर्न लागेको पिठाधिश ठाकुरले जानकारी दिनुभयो । बिना दहेजको सामुहिक विवाहमा जातीय विभेद नहुने र जुनसुकै जातिले सामुहिक विवाहमा सहभागी हुन सक्ने पिठाधिश ठाकुरले बताउनुभयो ।
यता उक्त लक्ष्य चण्डी यज्ञ आयोजनाकालागि खर्च हुने ठुलो रकम कहाँबाट उपलब्ध हुने प्रश्नमा पिठाधिश ठाकुरले भन्नुभयो, ‘नेपाली जनताले अहिले शान्ति र संविधान चाहेको छ, जुन यो यज्ञले मात्रै सम्भव हुनेछ, यज्ञमा खर्चिने रकम पनि माता छिन्नमस्ताको आर्शिवादले आफैं उपलब्ध भईहाल्नेछ ।’

प्रतिकृया दिनुहोस

ताजा अपडेट