News Category 2071/01/05

अस्थायी शिक्षक आन्दोलन समिति पुर्नगठन

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ४ बैशाख । 
अस्थायी शिक्षकहरुलाई स्थायी गर्नुपर्ने माग राख्दै बिहीबार राजविराजमा सम्पन्न अस्थायी शिक्षकहरुको एक भेलाले आन्दोलन समितिको पुर्नगठन गरेको छ । 
राजविराजस्थित पविउमाविमा सम्पन्न अस्थायी शिक्षकहरुको भेलाले उपेन्द्र यादवको अध्यक्षतामा अस्थायी शिक्षक आन्दोलन समितिको पुर्नगठन गरेको हो । 
पुर्नगठित समितिको उपाध्यक्षमा नागेन्द्र प्रसाद चौधरी, महिला उपाध्यक्षमा रन्जना झा, सचिवमा अमृत साह, सहसचिवमा सीता कुमारी चौधरी र कोषाध्यक्षमा धर्मेन्द्र कुमार साहलाई चयन गरेको छ । 
यस्तै सदस्यहरुमा महिनारायण यादव, सत्येन्द्र जोशी, रामचन्द्र यादव, रामसेवक साह, अशोक कुमार मेहता, बैजु प्रसाद यादव, महेश यादव, सरस्वती कुमारी साह, सुनिता कुमारी चौधरी, सन्जना यादव, मन्जु कुमारी चौधरी, भगवती प्रसाद चौधरी, राधानन्द ठाकुर, दिलीप चौधरी, संगिता कुमारी यादव र सीमा यादव रहेका छन् । 
उक्त भेलामा ४ सय १५ जना अस्थायी शिक्षकहरुको सहभागिता रहेको थियो । सोही भेलामा आन्दोलनको कार्यक्रमहरु समितिको निर्णय अनुसार सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट