News Category 2071/01/23

उच्चस्तरीय टोलीद्वारा साक्षरता कक्षाको निरीक्षण

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २२ वैशाख । 
सप्तरीको देउरी भरुवा गाविसका निरक्षरहरुलाई साक्षर बनाउने उद्देश्यले सञ्चालित साक्षरता कक्षाको शिक्षा मन्त्रालयको उच्चस्तरीय टोलीले सोमवार निरीक्षण गरेको छ ।
शिक्षा मन्त्रालय अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक प्रेम भट्टराई, शिक्षा मन्त्रालयका उपसचिव प्रेमराज खरेल, अनौपचारिक शिक्षा केन्द्रका शाखा अधिकृत खुलानाथ गौतम नेतृत्वको टोलीले साक्षरता कक्षाको स्थगत निरीक्षण गरेको हो ।
टोलीले देउरी भरुवा गाविसको बिभिन्न वडाहरुमा सञ्चालित साक्षरता कक्षाको निरीक्षण गरि साक्षरता कक्षामा सहभागिहरुसँग छलफल समेत गर्नुभयो । 
निरीक्षणका क्रममा साक्षरता कक्षामा सहभागि निरक्षर महिलाहरु उत्साहित भएर साक्षर बन्ने बाटोमा अग्रसर बनेको पाइएको टोलीमा सहभागि अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक प्रेम भट्टराईले जानकारी दिनुभयो । 
अनुगमन टोलीमा जिल्ला शिक्षा कार्यालय सप्तरीका शाखा अधिकृत फाल्गुनी प्रसाद काफ्ले, सेभद सप्तरीका सन्तोष देव, क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यक्ष राजु विश्वकर्मा लगायतको समेत सहभागिता रहेको थियो । 
जिल्ला शिक्षा कार्यालय सप्तरीको सहयोगमा सेभ द सप्तरीले सप्तरीको देउरी भरुवा गाविसमा साक्षरता कक्षा सञ्चालन गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट