News Category 2071/01/26

सप्तरीका आधा दर्जन सरकारी कार्यालयमा प्रमुख छैनन्

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २५ बैशाख । 
जिल्ला प्रशासन कार्यालय सप्तरी लगायत आधा दर्जन भन्दा बढी सरकारी कार्यालयहरुमा कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित बनेको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला बिकास समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला प्राबिधिक कार्यालय, मालपोत कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल अहिले प्रमुख बिहीन रहेका छन् । 
यी मध्ये जिल्ला विकास समितिको कार्यालय, प्राविधिक कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र अंचल अस्पताल लामो समयदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । 
सप्तरीका प्रमुख जिल्ला अधिकारी रामाधिन यादव अनिवार्य अवकाश पाएपछि अहिले सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँबरले निमित्त प्रजिअको कार्यभार साम्हाल्दै आउनुभएको छ । यद्दपी उहाँको पनि सरुवा भइसकेको छ । 
यस्तै स्थानिय बिकास अधिकारी कृष्ण प्रसाद सापकोटा मन्त्रालयमा काजमा गएपछि करिब दुई महिनादेखि योजना अनुगमन तथा प्रशासनिक अधिकृत सुरेश कुमार राउतले निमित्त स्थानिय बिकास अधिकारीको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । 
जिल्ला शिक्षा अधिकारी रुद्रहरी भण्डारी शिक्षा बिभागमा काजमा गएपछि सहायक जिल्ला शिक्षा अधिकारी शंकर प्रसाद लुईटेलले निमित्त जिल्ला शिक्षा अधिकारीको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ भने मालपोत कार्यालयका प्रमुख अर्जुन निरौला पनि काजमा बिभाग गएका कारण शाखा अधिकृत सरयुगलाल दासले निमित्त प्रमुखको कार्यभार सम्हाल्दै आएनुभएको कर्मचारीहरुले बताएका छन् ।
यता प्राविधिक कार्यालय पनि लामो समयदेखी निमित्त कै भरमा चलिरहेको छ भने अंचल अस्पताल एक दशकदेखी नै निमित्तबाट नै संचालन भइरहेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पनि सोही समस्याबाट गज्रिरहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट