News Category 2071/01/30

ज्यान मार्ने धम्की दिएको आरोप

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ वैशाख ।
राजविराज ७ निवासी शैलेन्द्र मोहन झाकी छोरी उर्वशी झका पति प्रकाश ठाकुरले आफुलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् । 
हुपेक सप्तरीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नी पत्नी उर्वशीसँग बस्न पाउने भन्दै हुपेकमा निवदेन दिएको जानकारी दिएका छन् । 
पत्नीका उर्वशीका बुवा शैलेन्द्र मोहन झाले ज्यान मार्ने धम्की दिएको भन्दै  पहिलो सन्तानलाई समेत जर्वजस्ती गर्भ तुहाएको आरोप लगाए । 
गर्भवती छोरीलाई केहि दिन आफूसँग राख्ने भन्दै ससुरा शैलेन्द्रमोहनले जहाजमा काठमाडौं ल्याएको र त्यहाँ गर्भ तुहाएका उनले आरोप लगाए । 
प्रकाशका अनुसार उर्वशी चार महिनाकी गर्भवती थिइन् । दिल्लीमा बसेर दुबै पति पत्नी जागिर गरिरहेको बताउँदै प्रकाशले गर्भ तुहाउँदै पत्नी उर्वशीको ज्यान समेत लिने प्रयास उनीहरुबाट भएको जानकारी दिए । 
उर्वशी र प्रकाश विद्यालय तहदेखि नै एकअर्कालाई मन पराउँदै आएका बताउँदै उर्वशीको परिवारले बलजफ्ती सुनसरीको इनरुवा नगरपालिका १ निवासी प्रफुल्ल झासँग केहि बर्ष अगाडि उनको विवाह गरिदिएको बताए । 
२०७० साल मंसिर २ गते दुबैले विराटनगरको मन्दिरमा विवाह गरे र उर्वशीले पहिलो श्रीमान् प्रफुल्लसँग सम्बन्ध विच्छेद गर्न सप्तरी जिल्ला अदालतमा २०७० साल कात्तिक महिनामा निवेदन दायर गरेको जानकारी दिए । 
यता पत्रकार सम्मेलनमा उपस्थित कानुन व्यवसायी एवं मानवअधिकार तथा जनवकालत केन्द्र (हुपेक) का अध्यक्ष धर्मेन्द्र यादवले महिलाले दोस्रो विवाह गर्ने बित्तिकै श्रीमान्सँग स्वतः सम्बन्ध विच्छेद हुने जानकारी दिए । यादवले प्रकाशलाई न्याय दिलाउन आफू तथा आफ्नो संस्थाले पूरा सहयोग गर्ने बताए ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट