News Category 2071/01/31

एनपीएल राजविराजमा नहुने भएपछि खेलप्रेमी निराश

दैनिक समाचारदाता


आयुष श्रेष्ठ
राजविराज, ३० बैशाख ।
नेपालकै इतिहासमा सवैभन्दा ठुलो घरेलु क्रिकेट प्रतियोगिता एनसेल नेपाल प्रिमियर लिग राजबिराज र बिराटनगरमा नहुने निश्चित भएको छ । 
नेपाल क्रिकेट संघले प्रेस बिज्ञप्ती मार्फत मौसमको अनुकुलताको कारण देखाएर राजबिराज र बिराटनगरमा हुने प्रतियोगिता यस बर्ष काठमाण्डौंमा संचालन गरिने जनाएको छ । 
प्रतियोगिता नहुनाले जिल्लावासिलाई निरास भएका छन् । प्रतियोगिता नभए पनी अर्को बर्ष राजबिराजमा नेपाल प्रिमियर लिगको आयोजना गर्ने मौका पाउनु पर्ने सप्तरी क्रिकेट संघका अध्यक्ष शैलेश चौधरीले विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगिता संचालनको लागि उपयुक्त स्थानको रुपमा राजबिराज भएको तथा प्रतियोगिता संचालनको लागि सम्पुर्ण तयारी पुरा भइसके पनी अन्तिममा राजबिराजमा प्रतियोगिता नहुदाँ यहाँका खेलप्रेमीहरु दुःखित भएका छन । 
सप्तरी नेपाली क्रिकेटको लागि उपयुक्त थलो भएको तथा सप्तरीलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउन यस्ता प्रतियोगिताले सहयोग गर्ने स्थानीय खेलप्रेमीको विश्वास छ । 
नेपाल क्रिकेट संघको आयोजना र जोहोरा इन्टरनेश्नलको प्राबिधीक सहयोगमा संचालन हुने उक्त प्रतियोगिताको प्रायोजन एनसेलले गर्दैछ ।  
यसअघि नेपाल प्रिमियर लिगको २ दिवसिय खेल धनगढी र कंचनपुरमा, ५० ओभरको बिराटनगर र राजबिराजमा र २० ओभरको काठमाण्डौंमा हुने भनिए पनी जोहोरा स्पोर्टस म्यानेजमेन्टलाई स्वामित्व दिने बिषयमा बिवाद भए पछि लिग नै अन्यौलमा परेको थियो । 
नेपाल क्रिकेट संघले आप्mनै स्वामित्वमा गर्ने तथा जोहोरा स्पोर्टस म्यानेजमेन्टलाई ईभेन्ट व्यवस्थापनको जिम्मा दिने गरि बिवाद मिलेपछि दुई दिवसिय प्रतियोगिता यस बर्ष नगर्ने र ५० ओभरको खेल धनगढी र कंचनपुर तथा २० ओभरको खेल राजबिराज र बिराटनगरमा गर्ने भनिएको थियो । 
तर अन्तमा आएर क्यानले राजबिराज र बिराटनगरको मौसम अनुकुलताको कारण देखाई २० ओभरको खेल त्रिभुवन बिश्व बिद्यालय खेल मैदान काठमाण्डौ मै गराउने निर्णय गरेको छ ।  । 
प्रतियोगिता अन्र्तगत बैशाख ३१ गते देखि जेष्ठ १० गते सम्म ५० ओभरको प्रतियोगिता संचालन हुनेछ भने २० ओभरको प्रतियोगिता जेष्ठ २१ गते देखि ३० गते सम्म संचालन हुनेछ । प्रतियोगिता संचालनको लागि सम्पुर्ण तयारी धनगढी र कंचनपुरमा भएको तथा उद्घाटन कार्यक्रम भव्य बनाउन सागितिक कोसेली मार्फत चर्चित गायक सुगम पोखरेलले गर्नुहुने जनाइएको छ ।
प्रतियोगिता अन्र्तगत यस बर्ष ६ टोलीले सहभागिता जनाएको उक्त प्रतियोगिताका लागि राष्ट्रिय टोलीका कप्तान पारस खडका (बिशाल समुह), ज्ञानेन्द्र मल्ल (टेलटक प्रा.लि), शरद भेसवाकर (पन्चकन्या समुह), बसन्त रेग्मी (कान्तिपुर पब्लीकेशन), शक्ती गौचन (शंकर समुह) र बिनोद भण्डारी (घोराही सिमेन्ट) लाई कप्तानीको जिम्मेवारी दिईएको छ । 
प्रतियोगिता अन्र्तगत टोलीका कप्तानले प्रति खेल वापत ५ हजार, राष्ट्रिय खेलाडिले २ हजार ५ सय तथा अन्य खेलाडिले १ हजार प्रति खेल वापत आयोजकले पाउने भनी यस अघि जानकारी गराएको थियो भने कम्पनीले के कति पारिश्रमिक दिने भन्ने कुनै जानकारी हाल सम्म गराएको छैन । 
प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख पाउनेछ भने ५० ओभरको प्रतियोगिता अन्र्तगत पहिलो खेल बिशाल ग्रुप र सगरमाथा लेजेण्ड् बिच धनगढीको फाप्ला मैदानमा हुनेछ । सप्तरीका किर्तीमानी खेलाडि महवुव आलम भने सगरमाथा लेजेण्ड्स टोलीमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट