News Category 2077/04/20

सप्तरीमा एक साताका लागि निषेधाज्ञा 

दैनिक समाचारदाता

सप्तरीमा एक साताका लागि निषेधाज्ञा 

दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
    सप्तरीमा दिनानुदिन कोरोना संक्रमण बढ्न थालेपछि स्थानिय प्रशासनले मंगलबार बिहानदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।
    जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकबाट सो निर्णय गर्दै मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यद्वारा जारि सूचनामा उल्लेख छ । 
    प्रजिअ आचार्यद्वारा जारि सूचना मार्फत सप्तरी जिल्लाभरिमा हालसम्म ५३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि राजविराजसहित सप्तरी जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जानकारी दिइएको छ । निषेधाज्ञा जारी गरिएको निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने जनाइएको छ । 
    स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका क्षेत्रभित्र अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्णय गरेको जनाइएको छ । 
    औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवाबाहेकका अनावश्यक आवतजावतमा निषेधाज्ञा लगाइएको सूचनामा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट