News Category 2077/04/20

सप्तरीमा संक्रमितको संख्या ५ सय ३१, ६ जना प्रहरी पनि संक्रमित

दैनिक समाचारदाता

सप्तरीमा संक्रमितको संख्या ५ सय ३१, ६ जना प्रहरी पनि संक्रमित

दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
    सप्तरी जिल्लामा कोरोना संक्रमित हुनेको संख्या दैनिकी बढ्दो छ । आइतबार राती २७ जना संक्रमित थपिएको जिल्लामा सोमबार थप ७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ५ सय ३१ पुगेको छ । 
    यता सोमबार ७ जनामा कोरोना पुष्टि भएका मध्येबाट ६ जना प्रहरी नै रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए ।
    संक्रमित हुने सबै प्रदेश प्रहरी तालिम केन्द्र राजविराजमा कार्यरत छन् । उनीहरु सबै प्रहरी जवान हुन् । यस्तै अर्का एक संक्रमित जीवन बिमा कम्पनीमा काम गर्ने ३८ वर्षका पुरुष हुन् ।
    समुदायस्तरमै कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि गत साउन ८ गतेदेखी राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारि गरिएको छ । यस्तै जिल्लाका सबै स्थानिय तहले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै सेवा प्रवाह बन्द गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट