News Category 2077/04/20

अब स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य

दैनिक समाचारदाता

अब स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य

दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
    सप्तरी जिल्लामा अब कोरोना परिक्षणका लागि स्वाब संकलन गराउँदा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । 
    कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि पचिरयपत्र अनिवार्य गरिएको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिएका छन् । 
    करिब एक दर्जन व्यक्तिले अर्कै नाम र ठेगाना लेखाएर स्वाब संकलन गराएकोमा पोजेटिभ रिपोर्ट आएपछि उनीहरुको खोजी गर्न समस्या भएका कारण सोमबारदेखी नागरिकता वा परिचय खुल्ने अन्य कुनै प्रमाणपत्र स्वाब परिक्षणका क्रममा अनिवार्य गरिएको उनको भनाई छ । 
    “लागु औषध सेवनकर्ता त छदैछन्, उनले भने “जान्ने बुझ्ने र समाजका अगुवा समेत रहेका व्यक्तिबाट पनि झुठो विवरण लेखाउने गरेको खुलेको छ ।” डा. झाले पहिचान खुल्ने परिचय पत्रका आधारमा स्वाब संकलनको व्यवस्था सोमबारदेखी लागु गरिएको हुनाले धेरै हदसम्म यो समस्या हट्ने विश्वास व्यक्त गरेका छन् । 
    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले झुठो विवरण पेश गरि स्वाब परिक्षणमा आएका १२ जनामा पोजेटिभ देखिएपनि उनीहरुको खोजीमै हैरानी थपिएको बताए । अथक महिनेत गरेर ती मध्येका १० जना पत्ता लागेपनि २ जना अझैं फेला पर्न नसकेको र खोजीकार्य जारि रहेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट