News Category 2071/02/01
हाट बजारका लागि भौतिक संरचना निर्माण समिति गठन
दैनिक संवाददाता
राजविराज, ३१ बैशाख ।
राजविराज वडा नंंं ६ स्थित बाल उद्धान केन्द्र अगाडी तरकारी हाट लगाउने निर्णय भएको छ ।
बुधबार सोही स्थानमा स्थानियहरुको सम्पन्न भेलाले हाट लगाउनका लागि १३ सदस्यीय भौतिक संरचना निर्माण समिति समेत गठन गरेको छ । सुखराम यादवको संयोजनमा बसेको भेलाले सुभाष यादवको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो ।
गठित समितिको उपाध्यक्षमा आशाराम यादव, सचिवमा अमिरनारायण यादव, सहसचिवमा रमला पोखरेल, कोषाध्यक्षमा धिरेन्द्र प्रसाद यादव, सहकोषाध्यक्षमा कविता प्रमाणि र सदस्यहरुमा अम्बिका दाहाल, देवनारायण शर्मा, मन्नु पोखरेल लगायतका रहेको छन् । यस्तै सल्लाहकारहरुमा गणेशलाल देव, योगेन्द्र प्रसाद देव, वडा सचिव कल्पना देव लगायत रहेका छन् ।
सम्पन्न भेलाले हाट लगाउने स्थानमा भौतिक संरचना निर्माणका लागि राजविराज नगरपालिकालाई प्रस्तावित बजेट उपलब्ध गराउने सचिव अमिरनारायण यादवले जानकारी दिनुभयो । हाट बजारका लागि सप्तरी क्षेत्र नं. ३ का सभासद् उमेशकुमार यादवले समेत संसदीय विकास कोषको रकमबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको सचिव यादवले जानकारी दिनुभयो ।
विगतमा राजविराज नगरपालिकाको विभिन्न स्थानमा हाट बजार लगाउने निर्णय भए पनि हाल राजविराज १ मा मात्र हाट बजार लाग्ने गर्दछ । दिनप्रति दिन बजार बिस्तार हुँदै जाँदा समेत सम्बन्धीत निकायले अन्य वडाहरुमा हाट बजार लगाउनका लागि कुनै पहल नगरेको जनगुनासो रहेको छ ।
यसअघि राजविराज ५ स्थित हरि सिंहको फुलवारी तथा राजविराज ९ स्थित राजदेवी बस स्टेण्ड नजिक हाट लगाउने निर्णय भए पनि हालसम्म कार्यानवयन हुन सकेको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
- 2081/01/10 छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
- 2081/01/07 सरोकारबाला एकजुट भए बालविवाह चाडै नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
- 2081/01/07 राससले पायो लालपुर्जा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ