News Category 2077/04/22

सफटेकका निर्देशक यादव दम्पति कोरोनाबाट निको भए

दैनिक समाचारदाता

सफटेकका निर्देशक यादव दम्पति कोरोनाबाट निको भए

दैनिक समाचारदाता
राजविराज, २२ साउन । 
सप्तरीका एक दम्पति १६ दिनमै कोरोना संक्रमणबाट निको भएका छन् । 
कोरोना संक्रमित भएर होम आईसोलेसनमा बस्दै आएका राजविराज ८ स्थित नेपाल सफटेक कलेज अफ कम्प्युटर इन्जिनियरिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक ३७ बर्षीय प्रमोद यादव र  उनकी ३२ बर्षीया श्रीमति बिन्दा यादवले कोरोनाबाट निको भएका हुन् । 
संक्रमित दम्पतिको बुधवार पुनः परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
कोरोना संक्रमणबाट मुक्त हुदाँ हर्षित भएका ती दम्पतिले आत्मबल बलियो बनाई स्वास्थ्यकर्मीको सुझाब अनुसार नियमित रुपमा तातोपानी तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराको सेवन गरेकाले कोरोनालाई सजिलै जितेको बताएका छन् । 
भारतबाट परिवारसहित फर्केका राजविराजका एक व्यापारीको गत असार ३१ गते कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । ती व्यापारीको प्रत्यक्ष सम्पर्कमा आएका निर्देशक यादवको पनि स्वाब संकलन गरी परिक्षण गर्दा गत साउन ५ गते उनमा कोरोना संक्रमण पुष्टी भएको थियो । 
त्यसपछि उनकी श्रीमतिको स्वाब परिक्षण गर्दा उनमा पनि साउन ७ गते कोरोना संक्रमण पुष्टी भएको थियो । दुबै जनामा कोरोना संक्रमण पुष्टी भएपछि आफ्नै निवासमा होम आईसोलेसनमा बस्दै आएका थिए । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट