News Category 2077/04/22

आइसोलेशनमा तोडफोडपछि तनाव, आइसोलेशनमा खटिएका चार जना स्वास्थ्यकर्मी पनि संक्रमित

दैनिक समाचारदाता

आइसोलेशनमा तोडफोडपछि तनाव, आइसोलेशनमा खटिएका चार जना स्वास्थ्यकर्मी पनि संक्रमित

दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
    खानामा किरा देखिएको विषयमा उत्पन्न विवादले उग्ररुप लिएपछि बिहीबार राजविराजस्थित साईकृष्णा मेडिकल कलेजमा संचालित आइसोलेशन कक्षमा संक्रमितहरुले तोडफोड गर्नुका साथै खाना बहिष्कार गरेका छन् । 
    सोही क्रममा आइसोलेशनमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले संक्रमितहरुले आफूहरुमाथी दुव्र्यबहार गरेको भन्दै सेवा बहिष्कार गरि आइसोलेशन छाडेका छन् । 
बिहीबारै सोही आइसोलेशनमा स्वास्थ्य सेवाका लागि खटिएका चार जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिएका छन् । चारैजना स्वास्थ्यकर्मीलाई छुट्टै आइसोलेशन कक्षमा राखिएको उनले जानकारी दिए । 
    यता घटना बिबरण अनुसार बिहीबार बिहानको खाना खाँदै गर्दा एक संक्रमितको खानामा किरा देखिएको थियो । संक्रमितले किरा भएको खाना खान दिएको भन्दै आक्रोसमा खाना फ्याकेका थिए । त्यसपछि व्यवस्थापन पक्षले अर्को खाना पकाएर दिएका थिए । तर, आक्रोसित संक्रमितहरुले सो खाना पनि फ्याक्नुका साथै भाडाकुडा, टेबुल, कुर्सी र टेन्ट तोडफोड सुरु गरे । 
    संक्रमितहरुलाई सम्झाउन पुगेका कर्मचारी तथा स्वास्थ्यकर्मीमाथी समेत संक्रमितद्वारा आक्रमण हुन थालेपछि आइसोलेशनमा खटिएका सबै स्वास्थ्यकर्मी र कर्मचारी भागेर आफ्नो सम्पर्कमा आईपुगेको अस्पतालका प्रमुख डा. झाले जानकारी दिए । 
    डा. झाले त्यस्ता उच्छृखंल कार्यमा संलग्न व्यक्तिलाई कारवाही तथा अन्यत्र नसारेसम्म कर्मचारी र स्वास्थ्यकर्मी काममा नफर्किने अडान लिदै केही संक्रमितले चार दिन अघि पनि आइसोलेशन कक्षमा निगरानीका लागि जडान गरिएको ३ वटा सिसि क्यामरा समेत फुटाइदिएको उनले बताए । सो घटना बारे प्रमुख जिल्ला अधिकारी तथा अन्य निकायमा जानकारी गराइसकिएको उनले बताए । 
    यसैबीच स्थानिय प्रशासनको पहलमा स्वास्थ्यकर्मीहरु आइसोलेशनमा फर्किएका छन् । होहल्ला गर्ने व्यक्तिको उचित व्यवस्थापन गर्ने प्रशासनको प्रतिबद्धतापछि स्वास्थ्यकर्मीहरु काममा फर्केको अस्पतालका प्रमुख झाले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट