News Category 2071/02/04

युनियनद्वारा ११ सदस्यलाई कारवाही

दैनिक समाचारदाता


राजविराज÷नेपाल प्रेस युनियन सप्तरीले आफ्ना ११ जना सदस्यलाई साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ । 
युनियनका अध्यक्ष ओमप्रकाश साह र सचिव सुधा देवद्वारा शनिबार जारि विज्ञप्तिमा बैशाख ६ गते सम्पन्न पत्रकार महासंघ सप्तरी शाखाको निर्वाचनमा युनियनले खडा गरेको उम्मेदबारहरुको बिरुद्धमा युनियनकै सदस्यहरुले उम्मेदबारी दिनुका साथै निर्वाचनमा युनियन बिरुद्ध षडयन्त्र गरेको भन्दै कारवाही गरेको उल्लेख छ । 
यसरी कारवाहीमा पर्नेहरु जितेन्द्र खड्गा, श्रवणकुमार देव, जितेन्द्र कुमार झा, मनोजकुमार माझी, भूषण सिंह, चन्दन कुमार यादव, कृष्णदेव यादव, गंगाप्रसाद साह, कृष्णकुमार मण्डल, गणेशलाल देव र मूरली प्रसाद यादव रहेका छन् । 
कारवाहीमा परेकाहरु मध्ये महासंघको निर्वाचनमा श्रवणकुमार देव (उपाध्यक्ष), मनोज कुमार माझी (कोषाध्यक्ष), भूषण सिंह (सदस्य), चन्दन कुमार यादव (सदस्य) र गणेशलाल देव (पार्षद) मा निर्वाचित भएका हुन् । 
यसैबीच युनियनका उपाध्यक्ष रामनारायण विश्वासले टेलिफोनमा प्रतिक्रिया दिँदै सदस्यहरुलाई निष्काशन गरेको प्रति आपत्ति जनाउनु भएको छ । उहाँले शनिबार युनियनको बैठक बोलाएपनि चरम विवाद उत्पन्न भएपछि बैठक नबसि नै स्थगित भएको बताउनुभयो । 
उहाँले १३ सदस्यीय कार्यसमितिमा १२ जनाको उपस्थिति रहेको तर बैठक आन्तरिक विवादका कारण बस्न नसकेको जानकारी दिनुभयो । विवाद उत्पन्न भएपछि उपाध्यक्ष, कोषाध्यक्ष सहसचिव सहित ६ जना सदस्य बाहिरिएका थिए । युनियन बिरुद्ध बागि भई निर्वाचनमा उम्मेदबारी दिएका कृष्णदेव यादव, भुषण सिंह र गंगाप्रसाद साहलाई बैठकमा नबोलाएको भन्दै अध्यक्ष ओमप्रकाश साहले जानकारी दिएपछि उपाध्यक्ष सहित ६ जना बैठकबाट बाहिरिएका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट