News Category 2077/06/04

बाढीले भत्काएको तटबन्ध मर्मत नहुँदा स्थानियमा त्रास

दैनिक समाचारदाता

बाढीले भत्काएको तटबन्ध मर्मत नहुँदा स्थानियमा त्रास

दैनिक समाचारदाता
राजविराज, ३ असोज । 
    झण्डै दुई महिना अघि बलान नदीमा आएको बाढीले भत्काएको तटबन्ध अझ मर्मत हुन नसक्दा सप्तरीको बलान बिहुल गाउँपालिकाका २ सय ५० परिवार त्रासमा बस्न बाध्य छन् । 
    बाढीले भत्काएको तटबन्ध मर्मतमा ढिलाई हुँदा सो गाउँपालिका वडा १, २ र ४ का २ सय ५० परिवार त्रासमा बस्न बाध्य भएका हुन । 
    सप्तरी र सिरहा जिल्लाको सीमाना मानिने बलान नदीमा गत साउन ८ गते आएको बाढीले करिब ८ सय मिटर पूर्व तटबन्ध भत्काएको थियो । 
    दुई महिनासम्म पनि सरोकारवाला निकायले तटबन्ध मर्मतका लागि ध्यान नदिएको भन्दै स्थानियले भावी क्षति रोक्न अविलम्ब भत्केको तटबन्ध मर्मत गर्न माँग गरेका छन् ।
    उनीहरुले समयमै तटबन्ध बचाउने आवश्यक प्रयास नहुँदा भत्केको जिकिर गर्दै नेताहरुलाई गुहार्दा पनि आश्वासन मात्र पाइएको गुनासो गरेका छन् । 
    यता बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले बलान नदीको बाढीले वर्षेणी ठूलो जनधनको क्षति गर्ने गरे पनि आवश्यक बजेटको अभावमा बलियो तटबन्ध निर्माण गर्न नसकिएको बताए । 
    उनले गाउँपालिकासँग भएको सीमित साधनश्रोतले तटबन्ध तथा नदी आसपासका जोखीमपूर्ण स्थानमा माटो भर्ने, जालीमा बोरा बिच्छ्याउनेलगायतका काम गरि कटान रोक्ने प्रयास गरिए पनि स्थायी समाधान गर्न नसकेको लाचारी ब्यक्त गरे । बर्षेणी बलान नदीमा आउने बाढी र त्यसले गर्ने ब्यापक कटान रोक्न प्रदेश र संघीय सरकारसँग पटक पटक आग्रह गरे पनि आश्वासन बाहेक केही नपाएको गुनासो पनि उनले पोखे । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट