News Category 2077/06/05

२७ जना थपिएसँगै सप्तरीमा  संक्रमितको संख्या १ हजार २ सय नाघ्यो

दैनिक समाचारदाता

२७ जना थपिएसँगै सप्तरीमा  संक्रमितको संख्या १ हजार २ सय नाघ्यो

दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
    सरकारले पूर्ण रुपमा लकडाउन हटाएसँगै अहिले मुलुकभरि कोरोना संक्रमितको संख्या बढ्ने क्रममा रहेको छ । 
    सप्तरीमा पनि दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको छ । यसैबीच आइतबार सप्तरीमा २७ जना संक्रमित थपिएका छन् । 
    जसमा सुरक्षाकर्मीसहितका रहेका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीका दुई पुरुष र राजविराजस्थित भिमदल गणका एक पुरुषलाई कारोना संक्रमण पुष्टि भएको हो ।
    यस्तै राजविराज नगरपालिकामा १५, विष्णुपुर गाउँपालिकामा ५, रुपनी गाउँपालिकामा १, तिलाठि कोईलाडि गाउँपालिकामा ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
    योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ४ पुगेको छ भने संक्रमित मध्ये ९ जनाको मृत्यु भएको छ । 
    यस्तै ८ सय २ जना निको भएका छन् भने हाल ३ सय ९३ जना जिल्लामा संक्रमित रहेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट