News Category 2077/06/05

आईसोलेशनमा उपचारार्थ एक  महिलासहित दुईको मृत्यु

दैनिक समाचारदाता

आईसोलेशनमा उपचारार्थ एक  महिलासहित दुईको मृत्यु

दैनिक समाचारदाता
राजविराज, ५ असोज । 
    कोरोना संक्रमणवाट सोमबार सप्तरीमा थप दुई जनाको मृत्यु भएको छ । मृतक दुबै जिल्लाको विष्णुपुर गाउँपालिकाका हुन । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
    बिष्णुपुर गाउपालिका वडा नं. १ निवासी ४९ बर्षिय जागेश्वर यादबको सोमवार बिहान मृत्यु भएको हो । उनलाई श्वास फेर्न समस्या भएपछि चार दिन अघि परिवारजनले धरान लगेका थिए । उनको धरानस्थित विपि कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान आईसोलेशनमा उपचारका क्रममा मृत्यु भएको हो । 
    स्वाव परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि आईसोलेशनमा राखी उपचार सुरू गरिएकोमा सोमवार बिहान ५ बजे उनको मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सप्तरीले जनाएको छ ।
    यसैगरी राजबिराजस्थित साईकृष्णा मेडिकल कलेजको आईसोलेशन सेन्टरमा उपचार गराईरहेकी सोही गाउपालिका ३ कि ६० बर्षिय बुचीदेबी रामको पनि मृत्यु भएको छ ।
    दुई दिनदेखि गजेन्द्र नारायण सिह अस्पतालको आकस्मिक कक्षमा उपचार गराईरहेकी उनमा उच्च ज्वरो, खोकी, र स्वास्वप्रश्वासमा समस्या भएपछि आईतवार बिहान स्वाव परिक्षण समेत गरिएको थियो ।
    रिपोर्ट पोजेटिभ भएपछि आईतवारै साईकृष्णा मेडिकल कलेजको आईसोलेशन सेन्टरमा भर्ना गरिएकोमा राती ८ बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालयका प्रमुख दुनियालाल यादबले जानकारी दिएका छन ।
    दुबैको शव सरकारले तोकेको सुरक्षा तथा स्वास्थ मापदण्ड अपनाएर राजविराजस्थित नेपाली सेनाको भिमदल गणका टोलीले ब्यबस्थापन गर्ने तयारी गरेको जनाइएको छ ।
    यस्तै जिल्लामा सोमवार सम्ममा कुल संक्रमितको संख्या १ हजार दुई सय ४ पुगेको जिल्ला स्वास्थ कार्यालय सप्तरीले जनाएको छ । ८ सय २ जना निको भएका छन् भने हाल ३ सय ९३ जना जिल्लामा संक्रमित रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट