News Category 2077/06/07

सप्तरीमा एक सय १५ सुरक्षाकर्मी संंक्रमित

दैनिक समाचारदाता

सप्तरीमा एक सय १५ सुरक्षाकर्मी संंक्रमित

दैनिक समाचारदाता
राजविराज, ६ असोज । 
    सप्तरीमा सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण बढ्दो छ । सप्तरी जिल्लामा मंगलबारसम्म तीनै सुरक्षानिकाय गरि १ सय १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    कोरोना महामारी रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, नियमित शान्ति सुरक्षा व्यवस्थापन लगायतमा खटिएका नेपाल र सशस्त्र प्रहरीमा संक्रमणको दर बढ्न थालेको हो । 
    यता क्वारेन्टाइन, आइसोलेशन र संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा खटिने गरिएका सेनामा पनि कोरोना संक्रमण भएको छ । 
    जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार नेपाल प्रहरीतर्फ जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी र डिएसपसिहित ६७ जना, सशस्त्र प्रहरीतर्फ २ जना तथा प्रदेश प्रहरी तालिम केन्द्र राजविराजका ३७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण फेला परिसकेको छ । 
    यसरी कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन, जमघट, भेला, भिडभाड लगायत समूहगत कार्यक्रम अहिले बन्द गरेको छ । 
    त्यस्तै राजविराजस्थित नेपाली सेनाको भिमदल गणका ९ जना सेनामा पनि कोरोना संक्रमणको पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए । 
    जिल्लामा हालसम्म संक्रमितको कुल संख्या १ हजार २ सय ६ छन् । जसमध्ये सुरक्षा निकायतर्फका संक्रमितको संख्या १ सय १५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट