News Category 2077/06/09

निरन्तरको बर्षाले जनजिवन अस्तव्यस्त

दैनिक समाचारदाता

निरन्तरको बर्षाले जनजिवन अस्तव्यस्त

दैनिक समाचारदाता
राजविराज, ९ असोज । 
सप्तरीमा तिन दिन यता लगातारको बर्षाले खाडो, सप्तकोशी, बलान, त्रियुगा, जिता लगायत आधा दर्जन भन्दा बढी नदी खोलामा आएको बाढीले जिल्लाका अधिकांश स्थानिय तहहरुको अवस्था अस्तव्यस्त बन्न पुगेको छ । 


    बाढीको जोखिम बढदै गएपछि जिल्लाको समग्र जनजिवन नराम्ररी प्रभावित बनेको छ । निरन्तरको बर्षाले सदरमुकाम राजविराज सहित ग्रामिण क्षेत्रका अधिकांश घर र सडक जलमग्न भएको छ । ढल निकास नहुँदा राजविराज नगरपालिकाको वडा नं. २, ४, ५, ६, ७, ८, ११ र १३ का झण्डै ५ सय घरमा बाढीको पानी पसेको छ ।
बर्षाको पानीले राजविराजस्थित गजेन्द्र चौक सिरहा रोड, अदालत रोड लगायतका क्षेत्र जलमग्न भएका छन् । घर सडकमा पानी जमेका कारण आवत जावत गर्न समेत समस्या भएको छ । 


    यस्तै खाडो खोला र जिता नदीको बाढी पस्दा तिलाठी कोईलाडी गाउँपालिका १ बेल्ही टोल र हनुमाननगर कंकालिनी नगरपालिका ९ रम्पुरा मल्हिनयाका ५० घर डुबानमा परेका छन् । बस्तीमा २ देखि ३ फिट सम्म पानी जमेको गाउँपालिका विपद व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए । 
    यस्तै बलान नदीको बाढीले बलान बिहुल गाउँपालिका २ स्थित पश्चिमी तटबन्ध कटान गर्न थालेको र आफुहरु जोखिममा परेको स्थानियले बताएका छन् । २ महिना अघि पनि आएको बाढीले सो क्षेत्रको ८ सय मिटर जति तटबन्ध कटान गरेको थियो । 
    सो तटबन्धको मर्मत हुन नपाउँदै फेरी थप भाग कटान गर्न थालेपछि स्थानियमा त्रास फैलिएको छ । बाढीको उच्च जोखिममा रहेका तटिय क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सुरक्षा निकाय हाईअलर्ट अवस्थामा रहेको स्थानिय प्रशासनले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट