News Category 2071/02/09

अनेरास्ववियु र नेवि संघद्वारा तोकिएकै मितिमा निर्वाचन गराउन माग

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ८ जेठ । 
नेवि संघ र अनेरास्ववियु सप्तरीले त्रिभुवन विश्वविद्यालयले घोषणा गरेकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने माग गरेको छ । 
नेवि संघका जिल्ला सभापति घनानन्द यादव र अनेरास्ववियुका जिल्ला उपाध्यक्ष रबि कुमार रायद्वारा बिहीबार जारि संयुक्त विज्ञप्तिमा बिहीबार ४ बजेसम्म संगठन दर्ता र ५ बजेसम्म मतदाता सूचि प्रकाशनको कार्यक्रम रहेको तर सो समयमा संगठन दर्ता गराउन पुग्दा क्याम्पस प्रमुखको उपस्थित नरहेकाले संगठन दर्ता गर्नबाट बञ्चित भएको उल्लेख छ । 
विज्ञप्तिमा प्रजातान्त्रिक अभ्यासबाट बिचल्लित भएका केही संगठनका नेता तथा कार्यकर्ताहरुले निर्वाचन बहिष्कारको नाममा क्याम्पसको मुल गेटमै तालाबन्दी गरि निर्वाचन प्रक्रियालाई अवरुद्ध पार्ने प्रजातान्त्रिक चरित्रको नमुना प्रस्तुत गरेको आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, “विद्यार्थीहरुको मौलिक अधिकार कुण्ठित पार्ने कार्यहरुको घोर भत्र्सना गर्दछौं ”
सोही विज्ञप्तिमा तोकिएकै समयमा निर्वाचन गराउन जोडदार माग गर्दै सो समयमा निर्वाचन नभए आन्दोलन गर्न बाध्य हुने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट