News Category 2071/02/08

लोक सेवा आयोगको तयारी कक्षा सुरु

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ७ जेठ । 
सप्तरीमा पहिलो पटक लोक सेवा आयोगको तयारी कक्षा सुरु भएको छ । 
राजविराज नगरपालिकाको सहयोगमा तथा सेड नेपाल राजविराजको आयोजनामा उक्त तयारी कक्षा सुरु भएको हो । 
बुधबार तयारी कक्षाको उद्घाटन गर्दै प्रमुख अतिथि राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले जिल्लामा पहिलो पटक लोक सेवा आयोगको तयारी कक्षाका लागि नगरपालिका कार्यालयले सहयोग गरेको बताउनुभयो । 
उहाँले लोक सेवा तयारीका लागि यस्ता कक्षा संचालनले सहभागिहरुलाई ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा सीड नेपालका सचिव निरज झाले जिल्लामै पहिलो पटक यस्ता कक्षा संचालन गरेर संस्थाले एउटा उदाहरणिय काम गरेको जानकारी दिनुभयो । 
संस्थाका अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षक भोगिलाल साह, नगरपालिका अधिकृत प्रफुल श्रेष्ठ लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।   
३५ जनाको सहभागिता रहेको उक्त कक्षा २० दिनसम्म संचालन हुने आयोजकका सचिव झाले जानकारी दिनुहुँदै नगरपालिकाले १ लाख र संस्थाले ४८ हजार सहयोग गरेको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट