News Category 2070/03/13

पतिले गप्तांगमा तेजाव छर्केपछि पत्नी गम्भीर

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १२ असार ।
अर्कासँग लागेको आरोप लगाउँदै पतिले नै गुप्तांगमा तेजाव खन्याएपछि सप्तरीको बकधुवा गाविसकी एक महिला गम्भीर घाइते भएकी छिन् ।
बकधुवा गाविस ७ निवासी बद्रीमाया विश्वकर्माको गुप्तांगमा उनकै श्रीमान् कृष्णबहादुरले तेजाव खन्याएका हुन् । ३० बर्षीय बद्रीमायाको गजेन्दनारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजमा भइरहेको छ ।
यसअघि रायपुरस्थित यूनिक अस्पतालमा उपचार गराइरहेकी उनको थप उपचारका लागि सोही अस्पतालले नै अंचल अस्पतालका लागि सिफारिस गरिदिएको हो ।
एक छोरा र एक छोरीकी आमा बद्रीमाया कृष्णबहादुरकी दोस्रो पत्नी हुन् । चार दिन अगाडि राति सुतिरहेको समयमा कृष्णबहादुरले तेजाव हालेको पीडितको भनाई छ ।
घटनापछि कृष्णबहादुर फरार भएको र खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट