News Category 2077/08/15

एकै दिन सप्तरीको तीन पालिकामा १५ शैय्याको अस्पताल शिलान्यास

दैनिक समाचारदाता

एकै दिन सप्तरीको तीन पालिकामा १५ शैय्याको अस्पताल शिलान्यास

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर । 
    सप्तरीको तीन वटा स्थानिय तहमा सोमबार १५ शैय्याको अस्पतालको शिलान्यास गरिएको छ ।
    संघीय सरकारको हरेक पालिकामा कम्तिमा १५ शैय्याको सरकारी अस्पताल निमार्ण गर्ने नीति अनुसार सप्तरीमा सोमबार तीन पालिकामा १५ शैययाको अस्पतालको शिलान्यास गरिएको हो । 
    जसअनुसार सप्तरीको कञ्चनरुप नगरपालिकास्थित कञ्चनपुर प्राथमिक स्वास्थ्य केन्द्र, सुरुङ्गा नगरपालिकास्थित कडरबोना प्राथमिक स्वास्थ्य केन्द्र र तिरहुत गाउँपालिकास्थित लोहजारा स्वास्थ्य केन्द्रलाई १५–१५ शैय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ । 
    यसैबीच कंचनरुप नगरपालिका वडा नं. ८ मा निर्माण हुने गरि प्राथमिक अस्पतालको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले शिलान्यास गरेका छन् ।
    बि.स. २०५३ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तररोन्नती गरी प्राथमिक अस्पताल बन्न लागेको हो । संघीय सरकारले अस्पताल निर्माणका लागि चालु आ.व.मा ३ करोड २३ लाख तीन हजार बजेट विनियोजन गरेको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिए ।
    कार्यक्रममा नगरपालिकाका उपप्रमुख निरु पोखरेल, निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । 
    यस्तै जिल्लाको तिरहुत गाउँपालिका वडा नं. ५ लोहजरामा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष हेमन्त बहरखेरले १५ शैययाको अस्पतालको शिलान्यास गरेका छन् । 
    देशभरका ३ सय ९६ वटा स्थानीय तहमा सुचीकृत भएको अस्पताल निर्माणका लागि सोमबार एकैसाथ शिलान्यास भएको छ । मन्त्रीस्तरीय निर्णयबाट ३ सय ९६ वटा स्थानीय तहमा रहेको स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी ५–१०–१५ शैय्याको अस्पताल निर्माण गर्न लागिएको हो ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ रोकथाम, नियन्यण तथा उपचारमा सहयोगी हुने भएकाले एकैसाथ शिलान्यान्स गर्ने व्यवस्था गरेको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट