News Category 2077/09/06

सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण

दैनिक समाचारदाता

सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण

दैनिक समाचारदाता
राजविराज, ६ पुस । 
    कोशी पीडित समाजले सप्तरीको सप्तकोशी नगरपालिकालाई सितलहर प्रतिकार्यका लागि ८ लाख ८९ हजार बराबरको चेक हस्तान्तरण गरेको छ ।
    कोशी पीडित समाजका कार्यकारी निर्देशक देव नारायण यादबले नगद सहयोग कार्यक्रम संचालन गर्न सोमबार नगरपालिका प्रमुख उत्तम गौतमलाई उक्त चेक हस्तान्रतण गरेका हुन् । 
    निर्देशक यादबले सप्तकोशी नगरपालिका भित्र संकटासन र अति बिपन परिवारहरूको सितलहर प्रतिकार्य क्षमता अभिबृद्विका लागि डिसिएसँगको सहकार्यका संचालित ईनोभेसन परियोजना अन्तर्गत आर्थिक सहयोग गरेको जानकारी दिएका छन् । 
    सो अवसरमा नगरप्रमुख उतम गौतमले सप्तकोशी नगर भित्रका बिपन्न र संकटासन नगरवासीहरूलाई नगद सहयोग गरी सितलहर प्रतिकार्य क्षमता बढाउन संस्थावाट प्राप्त रकम लक्षित समुहमा पु¥याउने प्रतिबधता जनाए ।
    उक्त नगरपालिका वडा नं. २, ३, ६ र ७ मा रहेका जेष्ठ नागरिक अपांगता, एकल महिलाहरूलाई लक्षित गरि सहयोग गर्ने उद्देश्यले परियोजनावाट नगरपालिकालाई नगद सहयोग गरेको परियोजनाका प्रविण यादबले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट