News Category 2077/09/06

हात्तिद्वारा तरकारी खेती नष्ट

दैनिक समाचारदाता

हात्तिद्वारा तरकारी खेती नष्ट

दैनिक समाचारदाता
राजविराज, ६ पुस । 
    सप्तरीको सुरुङ्गा नगरपालिकामा सोमबार बिहान ३ बजेतिर आएका जंगली हात्तिको समूहले तरकारी खेती नष्ट गरेको छ । 
    कोशी टप्पुर वन्य जन्तु आरक्षबाट आएका ५ वटा हात्तिको समूहले सुरुङ्गा नगरपालिका वडा नं. ५ स्थित कुशहाका ४÷५ परिवारले लगाएको तरकारी खेती नष्ट गरेको हो । 
    ती परिवारले आफ्नो खेतमा लगाएको काउली, आलु, खुरसानी, भान्टा लगायतको तरकारी खेती पूर्ण रुपले खाएर नष्ट गरेको स्थानियहरुले जनाएका छन् । 
    यसअघि पनि जंगली हात्तिको समूहले सो क्षेत्रमा बारम्बार धनजनको क्षति गर्दै आएको छ भने एक हप्ता अघि मात्र हात्तिका कारण एक बृद्धको ज्यान समेत गएको थियो । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट