News Category 2077/09/06

बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन

दैनिक समाचारदाता

बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन

दैनिक समाचारदाता
राजविराज, ६ पुस । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालस्मा विगत चार दिनदेखी वेवारिसे अवस्थामा रहेका एक यूवकको उपचार भइरहेको छ । 
    बोल्न र लेख्न नसक्ने ती २० वर्षिय यूवकको अस्पतालको आकस्मिक कक्षको शैया नं. ९ मा उपचार भइरहेको छ । 
    शुक्रबार बिहान पूवपश्चिम राजमार्ग अन्तरगत सप्तरीको विषणपुर खण्डमा घाइते अवस्थामा फेला पारि उपचारका लागि अस्पताल भर्ना गराइएको थियो । 
    सप्तरीको राजगढ गाउँपालिका ३ निवासी श्याम यादव मोटरसाइकल चढेर घरतर्फ जाँदै गर्दा गरेको अवस्थामा ती यूवालाई सडकमा घाइते अवस्थामा देखेपछि उद्दार गरि अस्पताल पु¥याएका थिए । 
    ती यूवाको खुट्टामा गहिरो चोट देखिएको छ । उनको मानवीय संवेदनशिलताका कारण अस्पतालका चिकित्सिक र नर्सहरुले निशुल्क उपचार गरिरहेका छन् भने अस्पतालमा सुरक्षाका लागि खटिएका प्रहरी बिटका इन्चार्ज हवल्दार रामशंकर यादवले खानेकुरा र न्यानो लुगाको व्यवस्था गरिदिएका छन् । 
    उनलाई खानाखाजा फलफुल र दुध समेत आफ्नै व्यक्तिगत खर्च गरेर प्रबन्ध मिलाएका प्रहरी हवल्दार यादवले बिरामीको ठेगाना र आफन्त पत्ता लगाउन आफूहरु पहल गरिरहेको र अरुलाई पनि सहयोगका लागि आग्रह गरेका छन् । 
    यता मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले ती बिरामीको निशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आफन्त पत्ता लगाई सहयोगका लागि सबैसाग अनुरोध गरेका छन् ।
उनलाई थप उपचारको आवश्यकता रहेपनि आफन्त कोही नहुँदा बाहिर पठाउन नसकिएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट