News Category 2077/09/08

कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा

दैनिक समाचारदाता

कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा

दैनिक समाचारदाता
राजविराज, ७ पुस । 
    विगत एक सातादेखी सुरु भएको अत्याधिक चिसोका कारण सप्तरीका अतिविपन्न परिवार कोरोना कहरकाबीच सितलहरका कारण पनि थप जोखिममा परेका छन् । यता जिल्लाको सहरी तथा ग्रामिण क्षेत्रका बासिन्दाको जनजिवन कष्टकर बनन्दै गएको छ । 
    अतिविपन्न परिवार अत्याधिक चिसो र सितलहरबाट जोगिन न्यानो कपडा र कम्बलको अभावमा कष्टकर जिवन बिताउनु परेको छ । 
    सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपटी दलित बस्तीकी समतोलिया देवी रामले अत्याधिक चिसोका कारण न्यानो लुगा र कम्बलको अभाव भएको बताउछिन् ।
    बिहानैदेखी चल्ने सितलहर र हुस्सुका कारण घरबाट कमै मानिस बाहिर निस्कने गरेका छन् । चिसोले बालबालिका र बृद्धबृद्धा बढी प्रभावित देखिएका छन् । चिसोका कारण स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा निमोनिया, कोल्ड डायरिया, दम, रुघाखोकी लगायतका बिरामीहरुको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । चिसोका कारण हुने रोगका बिरामीहरु दैनिक १० देखी १५ जनासम्म उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । 
    यता अत्याधिक चिसोका कारण कार्यालयहरुमा सेवाग्राही तथा लामो समयपश्चात् खुलेका विद्यालयहरुमा विद्यार्थीको उपस्थिति पनि पातलिएको छ । 
    चौक र घरमा आगो र हिटर बालेर न्यानोमा बस्ने बढेका छन् । बाक्लो हुस्सुका कारण दिउँसो बत्ति बालेर सवारीसाधन सडकमा ओहोर दोहोर गरेको देखिन्छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट