News Category 2077/09/09

दुई फरार प्रतिबादी पक्राउ पछि धरौटीमा रिहा  एक धरौटी बुझाउन नसक्दा करागार चलान

दैनिक समाचारदाता

दुई फरार प्रतिबादी पक्राउ पछि धरौटीमा रिहा  एक धरौटी बुझाउन नसक्दा करागार चलान

दैनिक समाचारदाता
राजविराज, ९ पुस । 
    विभिन्न अपराधमा संलग्न रही फरार रहेका दुई प्रतिवादी पक्राउपछि धरौटीमा तारेखमा रिहा भएका छन भने एक जना धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन ।
    रिहा भएका मध्ये एक जना सामुहिक बलात्कारका पंच पनि धरौटीमा रिहाका भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    मोटरसाइकल चोरी मुद्दामा पक्राउ परेका सप्तरीको खडक नगरपालिका १ बस्ने २६ वर्षीय दिपक मण्डल सप्तरी जिल्ला अदालतको आदेशानुसार ५० हजार धरौटी रकम तिर्न नसक्दाँ विहिबार कारागार चलान भएका हुन ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत मंसिर ९ गते सोही नगरपालिका निवासी अमित साहको मोटरसाइल चोरी गरी फरार भएका उनलाई प्रहरीले पक्राउ गरी चोरी मुद्दामा कारबाही अघि बढाउदै अदालत समक्ष पेश गरेको थियो ।
    अदालत बाट ५० हजार धरोटी माग हुँदा तिर्न नसकेका उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।
    त्यस्तै सामुहिक जवरजस्ती करणी र आत्महत्या दुरुत्साहन मुद्दामा फरार रहेका डाक्नेश्वरी नगरपालिका ७ का ४५ वर्षीय शत्रुधन मण्डल अदालतको आदेश पछि २ लाख रुपैयाँ धरौटी बुझाउदै तारेखमा रिहा भएका छन ।
    गत भाद्र ३० गते सोही नगरपालिकामा भएको एक सामुहिक बलात्कार र पीडित बालिकाद्वारा आत्महत्याको घटनापछि फरार रहेको मण्डललाई बुधबार प्रहरीले राजविराजबाट पक्राउ गरी अदालत समक्ष पेश गरेको थियो । उनी माथि सामुहिक बलात्कारको घटना पञ्चायतीद्वारा मिलाउन पञ्चको रुपमा भुमिका निर्वाह गरेको आरोप छ । पीडकलाई सजाय दिलाउनुको साटो पञ्चायतीको माध्यमले पीडित पक्षलाई रकमको प्रलोभन देखाइ घटना ढाकछोप गर्न उनी पञ्चको रुपमा खटेको पाइएको प्रहरीको भनाइ छ ।
    त्यस्तै ठगी मुद्दामा फरार रहेका डाकनेश्वरी २ का प्रकाश चौधरी पक्राउपछि अदालतको आदेशमा ५० हजार धरौटी बुझाइ तारेखमा रिहा भएका छन । सोही वडा निवासी राम प्रसाद यादवको गत ०७६ साउन ८ गतेको जाहेरीले ठगी मुद्दामा कारबाही चलाइए पछि फरार भएका चौधरीलाई गाउँमे लुकेको अवस्थामा पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट