News Category 2077/09/10

एनएमबी बैंकको दुई स्थानमा शाखारहित बैकिङ कारोबार सुरु

दैनिक समाचारदाता

एनएमबी बैंकको दुई स्थानमा शाखारहित बैकिङ कारोबार सुरु

दैनिक समाचारदाता
राजविराज, १० पुस । 
    नेपाल रास्ट्र बैंकको हरेक नागरिकको बैंकमा पहँुच नीति अन्तरगत एनएमबी बैंकले सप्तरीका दुई स्थानीय तहमा शाखारहित बैंकिङको प्रारम्भ गरेको छ । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ८ स्थित तोपा चौक र तिरहुत गाउँपालिका वडा नं. ४ स्थित डिमनमा शुक्रबार सो शाखारहित बैकिङको उद्घाटन गरेको छ । 
    तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्त बहरखेरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा एनएमबी बैंक प्रदेश नम्बर २ का अपरेसन हेडष्स् िसबिन अर्जेलले बैंकमा सबै नागरिकको पहँुच गराउने उद्देश्य रहेको जानकारी दिएका छन् । 
    उनले शाखारहित बैंकिङमा उपकरणको प्रयोग गरि फिङगर प्रिन्ट र डेविट कार्डको माध्यमबाट सजिलै खाता खोल्न सकिने, रकम जम्मा, निकाल्न, मोवाईल रिचार्ज, डिसहोम रिचार्जका साथै बिजुलीको बिल बुझाउन लगायतका सुविधा रहेको बताए । 
    कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बहरखेरले बैंकको सेवामूलक शाखारहित बैंकिङ प्रणलीबाट गाउँपालिकाका  आम नागरिकले अब बैंकिङ सेवाको लागि बाहिर जानुपर्ने झन्झट मुक्त भएको जिकिर गरे । 
    उनले आउदो दिनमा तिरहुत गाउपालिकामा शाखारहित होईन शाखासहितको एनएमबी बैंकको लागि पहल गर्ने समेत बताए । 
    कार्यक्रममा एनएमबी बैंक तिलाठी कोईलाडीका म्यानेजर दिपेन्द्र दासले यस शाखाको मातहतमा रहि दुवै शाखारहित बैंकिङ सेवाका एजेन्टले काम गर्ने जानकारी दिए । दासले तिलाठी कोईलाडी वडा नं. ८ तोपामा रेखा यादव र तिरहुत वडा नं. ४ डिमनमा विनिता कुमारी यादवलाई एजेन्टको जिम्मेवारी दिएको समेत जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट